नीति र नियममा रहेर काम गर्नेछु : उपकुलपति अर्याल

कास्की । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. प्रेम नारायण अर्यालले आफू नीति र नियम भित्र बसेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

विषम परिस्थिति र १ वर्षसम्म रित्त रहेको उपकुलपति पदमा आफू नियुक्त भएर आउने दिनमा नै विश्वविद्यालयको अवस्था र गर्नुपर्ने कार्यको लिष्ट तयारीमा आफू रहेको समेत उनले बताए । पो.वि. कर्मचारी र प्राध्यापकले आयोजना गरेको स्वागत कार्यक्रममा अर्याले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा पो.वि. कर्मचारी संघका अध्यक्ष शिवराज पण्डितले कर्मचारीका मागहरु आगामी दिनमा राख्दै जाने तर अहिले विद्यार्थीको भविष्य बनाउन र उचित समयमा परीक्षा र परीक्षाफल गर्नका लागि खाली रहेका पदमा छिटो भन्दा छिटो नियुक्त गर्नुपर्ने बताए ।

सोही कार्यक्रममा प्राध्यापक संघका अध्यक्ष हेमराज पाण्डेले राजनीतिबाट नियुक्त भएर आउँदा शैक्षिक क्षेत्रमा राजनीति छाप नदेखाउन आग्रह गरेका छन् । स्कूल अफ विजनेसका डिन प्रा. हरिबहादुर खड्काले रिक्त रहेको १ वर्षको काम अबको केही समयमा गर्नुपर्ने भएकाले सबैको साथ आवश्यक रहनेमा जोड दिए ।

lcci
You might also like

Comments are closed.