नुवारथोकमा बालबालिकालाई नैतिक शिक्षा कक्षा सुरु

पोखरा, ३१ भदौ ।

पोखराको नुवारथोकमा बालबालिकालाई नैतिक कक्षा सुरु भएको छ । नुवारथोक टोल विकास संस्थाको अयोजनामा पोखरा ७ नुवारथोक र शान्तिनगरका बालबालिकाकालागि शनिवार देखि प्रत्येक हप्ता नैतिक शिक्षा तथा अतिरिक्त क्रियाकलाप सम्वन्धि अभिमुखिकरण कार्यक्रम सुरु भएको हो ।

नैतिक शिक्षा तथा अभिमुखी कार्यक्रममा ५० जना बालबालिकाको सहभागीता रहेको नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बरालले बताए । ६ देखि १५ वर्ष उमेरका बालबालिकाको ब्यक्तित्व विकास, नेपाली संस्कृति, परम्पराबारे जानकारी गराई सभ्य नागरिक उत्पादन गर्ने उद्देश्यले नैतिक शिक्षा तथा अतिरिक्त क्रियाकलाप सम्वन्धि अभिमुखिकरण कार्यक्रम सुरु गरिएको संस्थाका अध्यक्ष बरालले बताए । उनले बालबालिकालाई मात्रै नभई अभिभावकलाई पनि दिएको बताए ।

प्रत्येक शनिवार र विदाको दिन बिहान ८ बजे देखि करिव १० बजे सम्म हुने कार्यक्रममा बालबालिकालाई योगा, नैतिक शिक्षा, मोटिभेसन कक्षा, खेलकुद, सरसफाई लगायतका विषयमा सम्वन्धित विषयमा बिज्ञता हासिल गरेका शिक्षक, गुरु, साहित्यकार लगायतको सहयोगमा कक्षा संचालन गरिने नुवारथोक टोल विकास संस्थाका पूर्व अध्यक्ष ठाकुर प्रसाद बरालले बताए ।

पोखरा महानगरपालिका वडा नम्बर ७ मा सुरु भएको नैतिक शिक्षा तथा अतिरिक्त क्रियाकलाप सम्वन्धि अभिमुखिकरण कार्यक्रमले बालबालिकाको ब्यतित्व विकासमा महत्वपूर्ण रहने वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र बरालले बताए । कार्यक्रममा योगा गुरु ऋषिराज लम्साल, मदरल्याण्ड माविका शिक्षक प्रेमनारायण पोखरेल, स्टेपवाई स्टेप बोडिङ स्कूलकी प्राचार्य निर्मला बराल लगायतले सहजीकरण गरेका थिए ।

You might also like

Comments are closed.