नेउवा महासंघ प्रदेश नम्बर ४ को साधारणसभा पोखरामा

पोखरा, १४ माघ ।

आउँदो फागुन १२ गते नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ को प्रदेशसभा बस्ने भएको छ । महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष संजिवबहादुर कोइरालाको अध्यक्षतामा बसेको बैठकले पोखरामा प्रदेशसभा गर्ने निर्णय गरेको हो । यसैगरी महासंघ प्रदेश नम्बर ४ र ३ को संयुक्त आयोजनामा फागुन ५ र ६ गते सातवटै प्रदेशका कार्यसमिति सदस्यहरुको भेला समेत राख्ने निर्णय गरिएको अध्यक्ष कोइराले जानकारी दिए ।

यसैगरी बैठकले महासंघको प्रदेश नम्बर ४ को महिला उद्यम विकास समितिको संयोजकमा रामकली खड्कालाई मनोनयन गरेको छ । यसअघि महासंघको सदस्य पदमा मनोनित खड्का र लीलाबहादुर अधिकारीलाई महासंघको सदस्यताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो । देश संघीय संरचनामा गएपछि नेपाल उद्योग वाणिज्य महासंघले पनि आफूलाई सोही संरचनामा परिणत गरेको हो ।

You might also like

Comments are closed.