नेकपाले जनयुद्ध दिवस मनाउँदै

पोखरा, २९ माघ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुधबार जनयुद्ध दिवस मनाउने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपाल कम्युनिष्ट पार्टी माओवादीले जनयुद्ध शुरु गरेको दिन फागुन १ गते बुधबार जनयुद्ध दिवस मनाउन लागेको हो । नेकपाले पार्टी एकता भएपछि पहिलोपटक जनयुद्ध दिवस मनाउन लागेको हो ।

यसअघी माघ २४ गते बसेको नव गठित नेकपा गण्डकी प्रदेशको बैठकले जनयुद्ध दिवसलाई भव्य रुपमा मनाउने निर्णय गरेको थियो । सोहि बैठकको निर्णय अनुसार जनयुद्ध दिवसको शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको नेकपा गण्डकी प्रदेश सदस्य दामोदर बैरागीले जनकारी दिए । उनले पार्टी एकताको मर्म, भावना र स्पिरिट अनुसार जनयुद्ध दिवसमा कार्यक्रम गर्न लागेको स्पष्ट पारे ।

You might also like

Comments are closed.