नेकपा व्यास नगर कमिटीले गर्यो सीमा रक्षा गर्न आह्वान

तनहुँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटीले नेपालको सीमा रक्षा गर्नको लागि सरकारसँग आह्वान गरेको छ । देशको राष्ट्रिय अस्मिता बचाउन लिपुलेक, लिपियाधुरा र कालापानीको नक्सा प्रकाशन गर्न पनि सरकार सगँ माग गरेको छ ।

भारतका रक्षामन्त्री श्री राजनाथ सिहले लिपुलेक र कालापानी सडक निमार्ण उद्घाटन भन्ने समाचार आएसंगै आफुहरुको गम्भिर ध्यानाकर्षण भएको कमिटीका अध्यक्ष श्रीराम कार्कीले जानकारी दिए । भारतले सिमानामा रातारात पिलर सार्दै आएको र नेपालको दार्चला जिल्लामा पर्ने ३७०० वर्ग कि मि भुभाग भित्र पर्ने गरी सडक निर्माण को उद्घाटन गरे संगै कमिटीको ध्यानाकर्षण भएको सचिव रामचन्द्र सापकोटाले जानकारी दिए ।

यस्ता घटना नेपाली जनतालाई सैह्य नहुने र देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाभिमानलाई उच्च राख्न यस्ता निन्दयिय कार्य रोक्न भारत सरकार सगँ जोडदार माग विज्ञप्ती मार्फत गरिएको छ ।

 

You might also like

Comments are closed.