नेपालका क्षेत्री कोरियन मानार्थ नागरिकताबाट सम्मानित

पोखरा, २९ कात्तिक । नेपाल र कोरियाबीच संस्कृति आदान प्रदान एवं सामाजिक र आर्थिक क्षेत्रमा योगदान पु¥याएबापत कोरियाको सौल महानगरपालिकाले समाजसेवी भजिन्द्र बहादुर क्षेत्रीलाई मानार्थ कोरियन नागरिकता प्रदान गरेको छ । कोरियामा बसोबास गर्ने विदेशी नागरिकलाई हरेक वर्ष प्रदान गरिने उक्त सम्मानले नेपाल र कोरियाबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सौलमा आयोजना गरिएको विशेष समारोहमा क्षेत्री सहित २२ देशका नागरिकलाई सो मानार्थ नागरिकता प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै क्षेत्रीले यो सम्मान कोरियामा रहेका करिब ४० हजार नेपाली र नेपालको सम्मान भएको बताए । सम्मानले अझै जिम्मेवारी थपेको र आगामी दिनमा यसको मर्म अनुसार कार्य गर्ने बताउँदै बिकसित मूलुक कोरियाको प्रबिधि र बिकासका उत्कृष्ट नमूना नेपालमा भित्राउने अभियानमा लागि पर्ने बताए ।

नेपालको बाग्लुङमा जन्म भई बुटवलमा बसोबास गर्दे आएका उनी बिगत १४ वर्षदेखि कोरियामा घर भएका सम्मानित क्षेत्री तेक्वान्दोका राष्ट्रिय खेलाडी र प्रशिक्षक समेत हुन् । यहि क्षेत्रमा नेपाल र अन्तराष्ट्रिय स्तरमा विभिन्न पदकहरु समेत हासिल गरिससकेका छन् ।

यस अघि २००९ मा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तेक्वान्दो खेलको क्षेत्रमा उच्च योगदान पु¥याए बापत सम्मान प्रदान गरिसकेका छन् भने २०१२ मा क्युक्वेनका अध्यक्षबाट समेत उनले उच्च सम्मान पाइसकेका छन् । चौथो कोरिया ओपन च्याम्पियसिप २००८ मा द्वितीय स्थान हासिल गरेका छन् ।

You might also like

Comments are closed.