दीपकराज अधिकारी
अध्यक्ष
टान पश्चिमाञ्चल क्षेत्रीय संघ, पोखरा
नेपालको पर्यटन क्षेत्रमा पदयात्राको महत्वपूर्ण स्थान छ । नेपालका कतिपय पदयात्राहरु संसारकै लोकप्रिय गन्तव्यमा पर्छन् । तर, दुःखको कुरा सडक सञ्जालको विकासले त्यस्ता लोकप्रिय पदमार्गहरु संकटमा परेका छन् । पदयात्रा संकटमा परेको भन्दै टानको अगुवाइमा केही नयाँ पदमार्गको पहिचान गरिएको छ । यसैक्रममा टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष दीपकराज अधिकारीसँग आर्थिक आवाजले गरेको कुराकानीः
पदयात्रा व्यवसायको पछिल्लो अवस्था कस्तो छ ?
पदयात्राको पछिल्लो अवस्था खासै राम्रो छैन । २०औ वर्ष लगाएर अन्तर्राष्ट्रियस्तरमा प्रर्मोसन गरिएका पदमार्ग सडक सञ्जालका कारण अस्तव्यस्त भएको छ । गण्डकी प्रदेश भित्र रहेका पदमार्गमा कोलाहल बढ्न थालेको छ । विशेषगरी प्रकृतिसँग रमाउन चाहने व्यक्ति पदयात्रा गर्न चाहन्छन् । पर्यटकले चाहे अनुसार पदयात्रा गर्न पाएका छैनन् । आन्तरिक, धार्मिक र अन्तर्राष्ट्रिय पर्यटक बढेसँगै पदयात्रा क्षेत्रमा मानिसको चाप बढेको छ । पर्यटकको संख्या वृद्धि भएपनि विकासका नाममा पदयात्रा धरापमा पार्ने कामले पर्यटक र पर्यटन व्यवसायलाई भने असर पारेको छ ।
नेपालका पदयात्रा कसरी धरापमा परेका छन् ?
धेरै पदयात्रा पछिल्लो समय बन्द हुने स्थितिमा पुगेका छन् । अव्यवस्थित सडक सञ्जालको विकासका कारण पदयात्राहरु लोप हुन लागेका हुन् । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रशिद्ध पदयात्राहरु मध्येमा पर्ने अन्नपूर्ण सर्किट पनि आज खुम्चिएको छ, मोटरबाटोको शिकार बनेको छ । २१ दिनसम्मको प्याकेजमा यात्रा गरिने यो रुट अहिले घटेर ४÷५ दिनमा झरेको छ । लमजुङबाट सुरु हुने अन्नपूर्ण पदयात्रा अहिले मनाङको कङसारसम्म मोटरबाटो पुगेपछि यात्रा छोटिएको हो । अन्नपूर्ण राउण्ड पास गरिसकेपछि मुस्ताङको मुक्तिनाथ मन्दिरभन्दा माथि फेदीसम्म मोटरबाटो पुगिसकेको छ । २ सय १० किलोमिटर लामो यो पदयात्रा छोटिएर करिब ३० किलोमिटरमा झरिसकेको छ । छोटो पदयात्रामा अन्तर्राष्ट्रिय क्षेत्रमै प्रशिद्ध घोरेपानी पुनहिल पदयात्रा पनि छोटिएको छ । अन्नपूर्ण सर्किट र घोरेपानी पुनहिल पदयात्रालाई मात्र होइन, नेपालका धेरै पदमार्गमा मोटरबाटोले असर गरेको छ । नेपालको पर्यटनमा प्रमुख आकर्षण पदयात्रा भएकाले यसको संरक्षणमा राज्य लाग्नुपर्छ ।
पदयात्रा संरक्षणमा टानको भूमिका कस्तो छ ?
मोटरबाटोका कारण पदयात्रा व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आउन थालेपछि हामी व्यवसायीहरु नै नयाँ पदमार्गको खोजी र प्रवद्र्धन अभियानमा अगाडि बढेका छौं । विशेष गरी टानको नेतृत्वमा यस्तो काम गरिरहेका छौं । अव्यवस्थित विकास र सडक मार्गहरुको अबैज्ञानिक विस्तारले कतिपय महत्वपूर्ण पदयात्रा मार्गहरु लोप हुने क्रममा पुगेपछि व्यवसायको संरक्षण गर्न नयाँ पदयात्राको विकास र पहिचान अनिवार्य बनेको अवस्था छ । टानले नयाँ पदयात्रा मार्गको खोजी, अनुसन्धान, पहिचान तथा प्रबद्र्धनमा विगत लामो समयदेखि काम गर्दै आएकोछ । टानकै पहलमा माछापुच्छ«े मोडल ट्रेक, मिलिनियम ट्रेक, धौलागिरी आइसफल ट्रेक, हिडनलेक ट्रेक, क्हपुचे लेक ट्रेक सहित हालसम्म एक दर्जन भन्दा बढी पदयात्रा मार्गहरुको खोज तथा प्रबद्र्धन कार्य सम्पन्न भएकोछ । कास्की, लमजुङ, तनहुँ, स्याङजा, म्याग्दी र पर्वत लगायतका जिल्लाहरुमा यस्ता पदयात्रा मार्गहरुको खोज तथा विकास गरिएको हो ।
आफ्नो कार्यकाललाई कसरी स्मरण गर्नुहुन्छ ?
अग्रजहरुको योगदानबाट स्थापना भएको संस्था हो यो । मेरो कार्यकालसम्म आइपुग्दा टान स्थापनाको रजत वर्ष मनाउने सुनौलो अवसर जु¥यो । सबै साथीहरु तथा अग्रजहरुको सहयोगमा हामीले रजत वर्षलाई भव्य र शभ्य बनाउन सफल भयौं । टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले आफ्नो रजत महोत्सव मनाउने कार्यक्रम अनुसार २०७४ भदौ १९ गते संस्था स्थापना दिवस पारेर पोखराको ड्यामसाइड स्थित पर्यटन बोर्डको सभाकक्षमा रजत महोत्सव समारोहको औपचारिक उद्घाटन गरेका थियौं । त्यसपछि रक्तदान कार्यक्रम भयो । कफुचे पदमार्गको पहिचान गरिएको छ । सदस्यहरुको व्यावसायीक सीप र दक्षता अभिबृद्धि गर्ने उद्देश्यले ई–मार्केटिङ तालिम गर्न हामी सफल भयौं । अर्मला डे हाइक, विरेठाँटी –टाडापानी मार्ग पहिचान, व्यबसाय व्यवस्थापन तालिम, पारिवारिक भ्रमण, मनासलु आरोहण दिवसमा कास्कीको हेम्जा मेलबोटदेखि धम्पुससम्म डे हाइक कार्यक्रम पनि भएका छन् । भुम्दीकोट डे हाइकका साथै विभिन्न पदमार्गहरुमा आपतकालीन उद्दार सहयोगमा अत्यन्त महत्वपूर्ण रहेको स्ट्रेचर वितरण कार्य सम्पन्न गरेको छ । पाँच हप्ते पथप्रदर्शक तालिम आयोजना गर्न सफल भयौं । अन्नपूर्ण आरोहण दिवस कास्कीको पर्यटकीय गाउँ ल्वाङमा मनायौं । फेवा ताल सफाई, दाङसिङ–नाङ्गे ठाँटी मार्ग पहिचान, खोजी तथा उद्धार सामग्री हस्तान्तरण, सामुहीक दुर्घटना बिमा लगायत गतिविधि भएका छन् । टान पोखराको भबन उद्घाटन गरिएको छ भने टिम्स सम्बन्धी सूचनामूलक बोर्ड पदयात्रीहरूको सुरक्षालाई ख्याल गर्दै अंग्रेजी भाषामा राखिएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा गएर नेपालको पर्यटन प्रबद्र्धन पनि भएका छन् । टान (कार्यालय वरपरको मार्ग) मार्गको विकासमा महत्वपूर्ण योगदान पु¥याएका छौं । अन्य विविध कार्यक्रम भएका छन् ।
नेपालको पर्यटन पदयात्राको योगदान कस्तो छ ?
नेपालको आर्थिक समृद्धिको आधार पर्यटनलाई मानिएको छ । सरकारको लक्ष्य पनि जतिसक्दो धेरै पर्यटक नेपाल भित्र्याउने छ । यदि नेपालमा क्वालिटी टुरिजम भित्र्याउने हो भने पदयात्रालाई प्रवद्र्धन गर्नु जरुरी छ । पर्यटकको बसाईं लम्ब्याउन पनि पदयात्राले योगदान पु¥याएको छ । विशेष गरी गण्डकी प्रदेश पदयात्रा व्यवसायका लागि राम्रो गन्तव्य मान्न सकिन्छ । पदयात्रामा आएका पर्यटकले खर्च पनि राम्रो गर्छन् । दुःखको कुरा भएका राम्रा पदमार्गहरु सडकको कारणबाट विस्थापित हुँदा यो व्यवसायलाई मर्का परेको छ । अब सरकारले थप पदमार्गहरुको पहिचान गरी प्रवद्र्धन गर्न सक्नुपर्छ । निजी क्षेत्र जहिले पनि सरकारलाई साथ दिन तयार छ ।
Comments are closed.