तनहुँ । विश्व युवा सम्मेलनमा सहभागिताका लागि तनहुँका एक युवा अधिकारकर्मी एवं पत्रकार छनौट भएका छन् । सृजनशील युवा मञ्चका अध्यक्षसमेत रहेका दमौली खबर दैनिकका सम्पादक पवन पौडेल विश्वभरका युवाबीचको स्वतन्त्र प्रतिस्पर्धाबाट नेपालबाट छनौट भएका हुन् ।
डिसेम्बर २ देखि ६ सम्म नेदरल्यान्डको राजधानी एम्स्टर्डममा हुने सम्मेलनमा पौडेलले नेपाली अनुभव साट्नेछन् । यस अघि पनि विभिन्न युवा सम्मेलनमा सहभागी पौडेललाई नेपालका तर्फबाट छनौट गरिएको सम्मेलन आयोजक समितिकी क्षिन्याले बताइन् ।
पत्रकार तथा युवा अधिकारकर्मी पौडेलले नेपालको अनुभव र विश्वको अवस्थाको जानकारीका साथै परिवर्तित समयमा नयाँ प्रविधिको उपयोग गर्दै समाज र वातावरणमा दिन सकिने योगदानबारे सम्मेलनले आधार तयार पार्ने बताए ।
Comments are closed.