नेपालको व्यापार घाटा सबै मुलुकसँग

काठमाडौं । बिमस्टेकमा आवद्ध सबैजसो मुलुकसँग नेपालले ब्यापारघाटा ब्यहोरेको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालले भारतसँगको ब्यापारमा आर्थिक बर्ष २०७४÷०७५ मा ७ खर्ब ६४ अर्ब ३० करोड रुपैयाँको व्यापारघाटा बेहोरेको छ । कारोबार दैनिकमा खबर छ ।

गत आवमा नेपालले ८ खर्ब १० अर्ब ९० करोड रुपैयाँको सामान भारतबाट आयात गरेको छ भने ४६ अर्ब ६० करोड ४८ लाख रुपैयाँको सामान निर्यात गरेको छ । नेपालको सबभैभन्दा ठुलो ब्यापार भारतसँगै छ ।

You might also like

Comments are closed.