नेपालगञ्जमा गरिमा विकास बैंकको शाखा

आर्थिक आवाज
पोखरा, १३ पुस । गरिमा विकास बैंक लिमिटेडले बाँकेको नेपालगञ्ज शाखा कार्यालय स्थापना गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर ज.व.रा.ले बिहीबार एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरेका हुन् । विकास बैंकले २०७५ बुधबार घोराही र धनगढी शाखा कार्यालयको उद्घाटन गरेको थियो ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटिएम सञ्चालनमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले जानकारी दिए । बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मीलनचोक, दाङको तुल्सिपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङको बेसिशहरमा समेत शाखा कार्यालय खोल्दैछ । २०७५ पुस ११ गतेसम्म विकास बैंकले २५ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

You might also like

Comments are closed.