काठमाडौं । नेपालमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै लकडाउनलाई थप कडाइ हुने अनुमान गरिएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले घरमै बस्न र घरबाहिर ननिस्कन आम नेपालीलाई आग्रह गरेका छन् ।
स्वास्थ्य मन्त्रालयद्वारा जानकारी गराइएका आधिकारिक सूचनालाई विश्वास गर्न पनि उनले आग्रह गरे । दुवईबाट फर्किएर चैत ११ गतेबाट सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक जनामा शुक्रबार कोरोना पुष्टि भएको हो । यस अगाडि ३ जनामा कोरोना भोजेटिभ देखिसकेको छ ।
Comments are closed.