नेपालमा कोरोना संक्रमित संख्या ३० पुग्यो, एकैदिन थपिए १४ जना संक्रमित, बढ्यो त्रास

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार एकैदिन १४ जना कोरोना संक्रमित थपिएका छन् ।

चितवनमा २ जना र उदयपुरमा १२ जनामा कोरोना पुष्टि भएको छ । एकैदिन १४ जना कोरोनाका नयाँ विरामी थपिएसँगै नेपालमा कोरोना संक्रमणको त्रास बढेको छ ।उनीहरुको स्वाब परीक्षण नतिजा पोजिटिभ आएको छ ।

कोरोना संक्रमणको नयाँ पुष्टी भएका मध्ये उदयपुरका १२ वना नै पुरुष हुन् । चितवनका २ जना मध्य ६३ र २७ वर्षीय महिला र पुरुष छन् । उनीहरु आमा छोरा हुन् ।

You might also like

Comments are closed.