नेपालमा चिनीयाँ लगानी आक्रामक, एकै वर्षमा ५५ अर्ब

काठमाडौं, १८ साउन । छिमेकी मुलुक चीनबाट नोपल भित्रने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता अरु देशको तुलनामा बढी छ । गत आर्थिक वर्ष २०७४–७५ र अघिले आर्थिक वर्ष २०७३–७४ मा नेपालमा कुल ५७ वटा देशबाट लगानीको प्रतिवद्धता आएकोमा चीनको मात्रै ५५ अर्ब रुपैयाँभन्दा धेरै रहेको खबर कारोबार दैनिकले छापेको छ ।

नेपालमा भारतसहित अमेरिका, बेलायत, अस्ट्रेलिया, ब्राजिल, बेल्जियमलगायतका देशबाट लगानीको लागि प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । गत आर्थिक वर्षमा चीनको मेनल्याण्बाट ५५ अर्ब ८ करोड र चीनकै हङकङबाट ३ अर्ब लगानी प्रतिवद्धता आएको छ ।

यस्तै भारतबाट ७ अर्ब ८ करोड, अमेरिकाबाट ३ अर्ब १ करोड, दक्षिण कोरियाबाट २ अर्ब ७ करोड रुपैयाँ बरारबरको लगानी प्रतिवद्धता आएको छ । सिमेन्ट, उद्योग, होटल, रेस्टुरेन्ट, ऊर्जा, पर्यटन, साना तथा मझौला उद्योगमा चीनको लगानी बढेको छ ।

You might also like

Comments are closed.