नेपालमा भित्रियो नयाँ इलेक्ट्रिक किया निरो(मुल्य र बिशेषतासहित)

काठमाडौं :

नेपाली बजारमा नयाँ इलेक्ट्रिक कार निरो ईभी आइपुगेको छ । किया मोटर्सले उत्पादन गरेको उक्त कारमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ ।

यसमा रहेको १ सय ५० किलोवाटको इलेक्ट्रिक मोटरले २ सय १ बीएचपी पावर र ३ सय ९५ एनएम टर्क उत्पादन गर्छ । उक्त कारले ७।८ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको गति तय गर्न सक्ने कम्पनीको दाबी छ ।

अगाडिको ग्रिलमा कम्बाइन चार्जिङ सिस्टम दिइएको उक्त कारलाई डिसी फास्टचार्जरबाट ८० प्रतिशत चार्ज गर्न ७५ मिनेट लाग्छ ।

एक पटकको फुलचार्जमा उक्त गाडीले ४ सय ८० किलोमिटर माइलेज दिन्छ । कुनै इलेक्ट्रिक कारले यति धेरै माइलेज दिनु निकै नै उपलब्धिमूलक हो ।

यसको मूल्य हालका लागि ६६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

You might also like

Comments are closed.