नेपालमा भित्रियो बीएस ६ फोर्ड एन्डेभर, मूल्य १ करोड ४९ लाख

काठमाडौं । फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमाबाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिसन भएको दावी गरिएको सो गाडीमा नयाँ २.० लिटर ईकोब्लू डिजेल इन्जिन राखिएको छ । नेपालमा यसको मूल्य १ करोड ४९ लाख रुपैयाँ छ ।

१४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएका, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ सेवा, उत्कृष्ट पर्फमेन्सका साथ २०२० एन्डेभर एसयूभी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभुत्व स्थापित गर्ने आशा राखेको कम्पनीले बताएको छ ।

उत्कृष्ट पर्फमेन्स र अनुकूल मूल्यका साथ नेपालमा यो कार भित्रिएको छ । सो कार सेलेक्ट सिफ्ट टेक्नोलोजीयुक्त सेग्मेन्टको पहिलो गाडी हो साथै चाहेको दायरामा रहेर गियर लक गने सुविधा पनि यसमा छ ।

पूर्ण सुरक्षा मापदण्ड पूरा गरि निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ । यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ । यसले गाडी भित्रको ध्वनिको उत्सर्जनलाई कम गर्ने प्रविधिको पनि प्रयोग गरिएको छ साथै आरामदायी, समानान्तर पार्क सहायता लगायतका फिचरहरू यसमा राखिएका छन् ।

२०२० फोर्ड एन्डेभरमा उन्नत २.० ईकोब्लू डिजेल इन्जिन प्रयोग गरिएको छ, पछिल्लो परिस्कृत यस इन्जिनका कारण इंधन र पर्फरमेन्सका लागि यो अतुलनीय प्याकेज बन्न पुगेको छ । यसले उत्सर्जनलाई घटाएर कम इन्धन खपत गर्दछ ।

एन्डेभरको यस संस्करणमा आइपुग्दा १७० पीएस पिक पावर र ४२० टर्कका साथ कम्पनीले यात्रालाई शानदार र मनोरञ्जन गराउन गाडीको पर्फमेन्सको गुणस्तरलाई निरन्तरता दिएको छ । फोर बाई फोर भेरिएन्टको ईकोब्लूयुक्त यस गाडीमा विशिस्ट इन्धन क्षमता छ । जसले १२.४ किलोमिटर प्रति लिटर माइलेज दिन्छ ।

You might also like

Comments are closed.