नेपालमा होन्डा डियो डिलक्स

शुक्रबारसम्म ५ हजार नगद छुट

काठमाडौं । होन्डाको डियो स्कुटरको अपडेटेड भर्सन डियो डिलक्स नेपाली बजारमा उपलब्ध भएको छ । होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ प्रालिले डियोको डिजिटल भेरिएन्ट अर्थात डियो डिलक्सको बिक्री हालै प्रारम्भ गरेको छ ।

सो स्कुटरको मूल्य २ लाख ३ हजार ९ सय रुपैयाँ तोकिएको छ । यद्यपि आगामी शुक्रबार सम्म यसमा ५ हजार रुपैयाँ छुट प्रदान गरिएको होन्डा सोरुमका सेल्स म्यानेजर दयाराम न्यौपानेले बताए । यसका आधारमा स्ट्यान्डर्ड भर्सनको डियो भन्दा यो १ हजार रुपैयाँ मात्र महंगो पर्नेछ । सामान्य डियोको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ छ ।

डियो डिलक्समा सीबीएस ब्रेकिङ सिष्टम र स्ट्याबिलिटी कन्ट्रोल, फुल्ली डिजिटल मिटर, मोबाइल चार्जिङ सकेट लगायतका आधुनिक विशेषता थपिएको छ । त्यसैगरी स्कुटरको पर्फमेन्स तथा माइलेजका ‘एचइटी’ इन्जिन, सिट ओपनिङ स्विचसँगै फोर इन वान लक, सर्भिस रिमाइन्डर इन्डिकेटर र गोल्ड रिमको विशेषता प्रदान गरिएको छ ।

होन्डा डियोमा एलईडी हेडलाइट जडान गरिएको छ । यसमा डिजिटल स्पिडोमिटर र ट्रिप मिटर छ । यसमा फ्रन्ट एन्ड रियर क्यारी हुक, लो–फ्यूल वार्निङ ल्याम्प, अल डिजिटल कन्सोल तथा मोबाइल चार्जिङजस्ता फिचर उपलब्ध छ ।

यसबाहेक स्कुटरको इन्जिन, लुक्स लगायत अन्य पक्षमा कुनै परिमार्जन गरिएको नगरिएको कम्पनीले जनाएको छ । यसमा १०९.१९ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इञ्जिन छ, जसले ८ बीएचपी पावर तथा ८.९१ एनएम टर्क जेनेरेट गर्छ । यसको इञ्जिनमा भी–मेटिक सीभीटी गियरबक्स जडान गरिएको छ भने यो स्कुटर भारतीय प्रदूषण मापदन्ड बीएस फोरमा आधारित रहेको छ । बजारमा होन्डा डियोलाई निकै स्टाइलिस स्कुटरको रुपमा लिइन्छ । विभिन्न चार कलर अप्सनमा यो स्कुटर उपलब्ध छ ।

You might also like

Comments are closed.