काठमाडौं । होन्डाले ४०० सीसीको सुपरबाइक सीबी४००एसएफ नेपाली बजारमा ल्याएको छ । रेट्रो क्याफे डिजाइनको सो बाइकको मूल्य २२ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । होन्डा सीबी४००एसएफमा ३९९ सीसीको लिक्विड कुल्ड, फोर स्ट्रोक, डीओएचसी फोर भल्व एफआई इन्जिन छ, जसले ५३ एचपीको पावर र ४०.१८ एनएमको टर्क जेनेरेट गर्छ । इन्जिनमा ६–स्पिड गियरबक्स समावेश गरिएको छ ।
सो बाइकमा हाई टेन्सन स्टिल क्र्याडल फ्रेमको प्रयोग गरिएको छ । यसको अघिल्लो भागमा सामान्य टेलिस्कोपिक फोर्क सस्पेन्सन र पछिल्लो भागमा सिंगल सक सस्पेन्सन छ । यसको अघिल्लो र पछिल्लो दुवै पांग्रामा डिस्क ब्रेक छ । होन्डा सीबी४००एसएफ बाइकमा १८ लिटरको इन्धन ट्यांकी छ । यो बाइक होन्डाकै सीबी१०००एसएफको रेट्रो डिजाइनबाट प्रभावित छ । यसमा सर्कुलर हेडल्याम्प, लामो सिट, रेट्रो कलर, क्रोम फिनिसिङ आदिको माध्यमबाट रेट्रो भाइब दिन खोजिएको छ ।



Comments are closed.