नेपाललाई युरिया मल पैचो दिन बंगालादेश सकारात्मक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो बंगलादेशका प्रधानमन्त्री महामहिम शेख हसीनासँग टेलिफोन वार्ता गरेका छन् । वार्ताका क्रममा प्रधानमन्त्री ओलीले बंगलादेशका प्रधानमन्त्रीसँग नेपाललाई युरिया मल पैचो दिन आह्वान गरेका थिए ।

प्रधानमन्त्रीको आग्रहलाई हसीनाले सकारात्मक रुपमा लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाललाई ५० हजार मेट्रिकटन युरिया मल पैचो दिन बंगालादेश सकारात्मक भएको हो ।

lcci
You might also like

Comments are closed.