काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक गाडी टाटा अल्ट्रोज नेपाली बजारमा सार्वजनिक भएको छ । डिजिटल प्रबिधि मार्फत टाटा अल्ट्रोजलाई बिहीबार सार्वजनिक गरिएको हो ।
टाटा अल्ट्रोजका प्रमुख बिशेषताहरु
- अत्याधुनिक अल्फा प्ल्याटफर्ममा बनेको ।
- ग्लोबल एनक्यापमा फाईभ स्टार सेफ्टी रेटिङ प्राप्त – सेग्मेन्टमै सुरक्षित ।
- इम्प्याक्ट २.० डिजाइन अन्तर्गत निर्मित ।
- शक्तिशाली १.२ लिटर रेभोटर्न पेट्रोल इन्जिनमा उपलब्ध ।
भर्चुअल कार्यक्रममार्फत यसरी सार्वजनिक गरियो टाटा अल्ट्रोज
नेपाली बजारमा टाटा अल्ट्रोज
Gepostet von Arthik Awaj am Donnerstag, 17. September 2020
प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यसै वर्षको शुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले अत्याधिक सकारात्मक प्रतिकृया पाइरहेको कम्पनीले जनाएको छ । सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटा अल्ट्रोजको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । सिप्रदीले आजदेखि नेपालभरीका सबै डिलरहरुमार्फत प्रिमियम ह्याचब्याक अल्ट्रोज गाडीको बुकिङ पनि खुल्ला गरेको छ ।
टाटा अल्ट्रोज अल्फा (एगिल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको पहिलो र एकमात्र गाडी हो । यसमा स्ट्राइकिङ डिजाइन, वाइड एरे अफ इण्डष्ट्रिज – फस्ट, ग्लोबल एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ डाइनामिक्स र उत्कृष्ट प्रबिधि छन् ।
टाटा अल्ट्रोजको सार्वजनिक कार्यक्रममा बोल्दै टाटा मोटर्सका प्यासेन्जर भेहिकल–इन्टरनेसनल बिजनेस हेड सुजन रोयले अटोमोटिभ इण्डष्ट्रिजमा गोल्ड स्ट्यान्डर्ड स्थापित गर्दै प्यासेन्जर गाडीको नेपालमा नयाँ अध्यायको सुरुवात भएको बताए । ‘प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोजले भविष्यमा नयाँ बेन्चमार्क कायम गरि बजार बिस्तारमा सहयोग पु¥याउनेमा हामी ढुक्क छौं,’ उनले भने, ‘अबका दिनमा अझै सोरुमहरुको बिस्तार गरी नेपालमा नयाँ प्रोडक्ट पोर्टफोलियो बिस्तार गरिनेछ र अबका दिनमा हामी मागको प्रकृतिअनुरुप नयाँ प्रोडक्ट पोर्टफोलियो सार्वजनिक गर्दै लैजानेछौं ।’
सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपाली बजारमा प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोज गाडी सार्वजनिक गर्न पाउँदा निकै खुसी लागेको बताए । ‘प्यासेन्जर गाडीको नयाँ जेनेरेसन थप गरी हामी अर्को चरणमा प्रबेश गरेका छौं,’ उनले भने, ‘यो हाम्रो लागि महत्वपूर्ण उपलब्धी हो । किनकि हामीले नयाँ इन्डष्ट्रिज बेन्चमार्क सेट गरेका छौं ।’ नयाँ मोडलका गाडीहरुले क्लास लिडिङ डिजाइन, सुरक्षित, प्रबिधियुक्त र ड्राइभिङ डाइनामिक्सलाई पुनःपरिभाषित गर्ने उनले बताए । ‘हामी हाम्रा ग्राहकको माग र रुचि अनुसारका नयाँ उत्पादानहरु सार्वजनिक गर्दै लैजानेछौं,’ उनले भने, ‘ग्राहकको सन्तुष्टि नै हाम्रो प्रमुख उद्देश्य हुनेछ ।’
यो गाडी बिबिध किसिमका सुबिधा र विशेषताहरुले भरिपूर्ण रहेको कम्पनीले जनाएको छ । यसमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पि एस पावर र ११३ एन एम टर्क प्रदान गर्दछ । यसमा रहेकोे मल्टि ड्राइभ (सिटि र इको) मोडले स्पोर्टी ड्राइभिङ डाइनामिक्स र इन्धन खपतको प्रभावकारीतालाई सन्तुलन कायम गर्दछ ।
यस सेग्मेन्टमै उत्कृष्ट लेग स्पेस रहेको गाडीको भित्रि डिजाइन खुल्ला र फराकिलो छ । यस ह्याचब्याक टप नच फिट, अत्यन्तै उत्कृष्ट र उच्च गुणस्तरीय सामाग्रीबाट बनेको टाटा मोटर्सले जनाएकोे छ । आइडल स्टप÷स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसि, एम्बिन्ट मुड लाइटिङ, ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर र हिडन डोर्स ह्यान्डल लगायतका अति उत्कृष्ट विशेषताहरु छन् । प्यासेन्जरको सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा ए.बि.एस, इ.बि.डि., सि.एस.सि. र डुवल एअरब्यागहरु छन् ।
Comments are closed.