नेपाल इन्सुरेन्स प्रोफेसनल सोसाइटी पोखरा च्याप्टरमा ढकाल

पोखरा, २४ पुस । नेपाल इन्सुरेन्स प्रोफेसनल सोसाइटी पोखरा च्याप्टर कास्कीको अध्यक्ष केशवराज ढकाल निर्वाचित भएका छन् । संस्थाको शनिबार सम्पन्न पाँचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

समितिको उपाध्यक्षमा हरिप्रसाद श्रेष्ठ, महासचिवमा दीपकराज तिवारी, कोषाध्यक्षमा तेजप्रसाद अधिकारी, सचिवमा अनन्त अधिकारी निर्वाचित भएका छन् ।
सदस्यहरुमा विष्णुराज पौडेल, कविराज पौडेल, प्रशान्तराज धमाला, मीनबहादुर जिसी, शिव सुवेदी र सूर्यबहादुर केसी निर्वाचित भए । निवर्तमान अध्यक्ष सुनयना पालिखे पदेन सदस्य रहने व्यवस्था छ ।

निर्वाचन पछिको बैठकले सल्लाहकारमा प्रकाशमणि रेग्मीलाई मनोनित गरेको अध्यक्ष ढकालले जानकारी दिए । विमा समितिका निर्देशक राजुमरण पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।

You might also like

Comments are closed.