पोखरा ।
नेपाली भूमि अतिक्रमण गरिएको विरोधमा क्षेत्रि समाज नेपालले देशब्यापी अन्दोलन गर्ने भएकोे छ । क्षत्री समाज विगत देखी नै राष्ट्रिय अखण्डता जातीय सद्भाब राष्ट्रिय हितका लागि आन्दोलनरत रहदै आएको छ ।
कोरोनाको प्रभाबले विश्वमै असर परिरहेको अवस्थामा भारतद्वारा नेपाली भूमि कालापानी, लिपुलेक र लिमपियाधूरा अतिक्रमण प्रति घोर आपत्ति जनाएको छ । समाजले देशै भर जिल्ला प्रशाासन मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको समाजका अध्यक्ष दिलबहादुर क्षेत्रीले जानकारी दिए ।
समाजका केन्द्रीय अध्यक्ष प्रा.डा दिल बहादुर क्षेत्री , महासचिब केश बहादुर के. सी द्वारा हस्ताक्षरित विज्ञप्तिमा अबिलम्ब नेपाल सरकारद्वारा कूटनीति पहलद्वारा नेपाली भूमि फिर्ता र सीमा सुरक्षामा प्रभावकारी कदम चाल्न माग गरेकोे छ ।
ज्ञापन पत्र बुझ्दै कास्की का प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले सम्वन्धित कार्यालयमा पठाउने बताए । सो कार्यक्रममा केन्द्रीय अध्यक्ष प्रा.डा दिल बहादुर क्षेत्री ,केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर थापा , महासचिब केश बहादुर के सी , सचिव हिमाल खड्का, महिला समाजकी अध्यक्ष उर्मिला खड्का , प्रदेश उपाध्यक्ष बम बहादुर पाण्डे , जिल्ला सहसचिब शेर जंग अधिकारी ,राजेन्द्र क्षेत्री , तारा थापा लगाएतको उपस्थिती थियो । समाजले कोरोना नियन्त्रण रोकथाम र सहजताका लागि आम नेपाली एकताको लागि अनुरोध गरेको छ ।
Comments are closed.