नेपाली महिलालाई क्षमता बिकास आवश्यक–राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

पोखरा, ११ फागुन ।

नेपाली महिलाहरुलाई अधिकार संगै क्षमता बिकास आवश्यक रहेको राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बताए ।

कास्की माछापुच्छ्रे गाउँपालिका स्थित आमा प्रतिष्ठान नेपालको दोस्रो वार्षिक साधारणसभा तथा तेश्रो वार्षिक अधिबेशनको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले उक्त कुरा बताएका हुन । अध्यक्ष तिमिल्सिनाले अब नेपाली महिलालाई आरक्षण मात्रै होइन अधिकार प्राप्तीका लागि पुरुष संगै हातेमालो गर्दै अगाडी बढ्न सक्छन भन्ने कुरा स्थापित भएको समेत बताए ।

बर्तमान अवस्थामा कानुनले महिला अधिकार सुनिश्चित गरेको बताउँदै तिमिल्सिनाले अब अधिकार संगै क्षमता बिकासमा समेत जोड दिएमा त्यसले समाजले त्यसको सहि प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गरे । आमा प्रतिष्ठान नेपालले समाजमा गरेको योगदानका लागि आभार व्यक्त गर्दै उनले भने–“आँशुमा जिवन धान्य वाध्य महिलाहरुको लागि आमा प्रतिष्ठान आँशु पुछ्ने रुमाल बन्न सकोस ।”

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले संस्थाका आजिवन तथा साधारण सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए ।

सो अबसरमा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले आमा प्रतिष्ठान नेपालले माछापुच्छ«े गाउँपालिकामा वृद्धाआश्रम निर्माणका लागि आफ्नो परिवारका तर्फ बाट ४ रोपनी जग्गा दान दिने घोषणा समेत गरेका छन ।

आमा प्रतिष्ठान नेपालका अध्यक्ष बसन्त राज दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृष्ण कुमारी दवाडी, संस्थाका सचिब गुणाकर सुवेदी, सल्लाहाकार रबिलाल पोख्रेल लगाएतले संस्थाले छोटो अवधीमा गरेको कार्यको प्रंशसा गरेका थिए ।

उक्त प्रतिष्ठानले बसन्तराज दवाडीको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा हरिश्चन्द्र लामिछाने, सचिबमा गुणाकर दवाडी, कोषाध्यक्षमा देब लक्ष्मी गुरुङ र सदस्यहरुमा दिननाथ लम्साल, महेन्द्र बावु हमाल, सपना लम्साल, जिवन कुमारी दवाडी र भिमाकर सुबेदी रहेका छन् । त्यस्तै सल्लाहकारमा लेखनाथ शर्मा लम्साल, विशेश्वर प्रसाद लम्साल र रबिलाल पोख्रेल रहेको अध्यक्ष दवाडीले बताए ।

उक्त प्रतिष्ठानले कास्की, गुल्मी लगायत अन्य विकट जिल्लाका विपन्न परिवारका विद्यालय जाने बालबालिका लाई निशुल्क खाजा, स्टेशनरी, कपडा एवंम आवश्यक्ता परेको अवस्थामा विद्यालयहरुमा शिक्षकको समेत प्रवन्ध गर्दै आएको छ ।

त्यसै गरि माछापुच्छ्रे गाउँपालिका अन्र्तगत गरिब तथा जेहेन्दार छात्रा विद्यार्थीहरुलाई उच्च शिक्षा र माध्यमिक तह सम्म छात्रवृतीमा अध्यापन गराउँदै आएको छ भने एमविविएसका एक जना विद्यार्थीलाई छात्रवृत्ती उपलव्ध गराएको अध्यक्ष दवाडीले बताए । “भोको पेटमा कोही पनि पढ्न सक्दैनन त्यही भएर गरिब विपन्न परिवारका छोरा छोरीलाई अभिभावकत्व ग्रहण गरि उनीहरुलाई सुविधा उपलव्ध गराएका हौं” अध्यक्ष दवाडीले भने ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.