नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा प्रकाशदेव पालिखे

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको केन्द्रीय अध्यक्षमा प्रकाशदेव पालिखे निर्वाचित भएका छन् । नेपाली युवा उद्यमी मञ्च पोखरा शाखाका पूर्व अध्यक्ष पालिखे मञ्च केन्द्रीय समितिको नेतृत्वमा पुगेका हुन् ।

अनलाइनको माध्यमबाट मंगलबार भएको १६औं साधारणसभाले पाखिलेको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो । उनी १७ वर्ष अगाडिदेखि मञ्चको पोखरा शाखामा सदस्य भएर निरन्तर काम गर्दै आइरहेका छन् । नेपालमा मञ्चका ७ वटा च्याप्टर छन् ।

मञ्चको निवर्तमान अध्यक्षमा निकोलश पाण्डे, प्रथम उपाध्यक्षमा उदिप श्रेष्ठ, द्वितीय उपाध्यक्षमा ऋतेष लामिछाने, महिला उपाध्यक्षमा निभिता प्रधान, च्याप्टर उपाध्यक्षमा सुमोद शैजू, लर्निङ चियरमा कुशल सुन्दर श्रेष्ठ, सदस्यमा पवित्रा गौतम, सारा जोसी, सुदिप घिमिरे र रीता श्रेष्ठ चयन भएका छन् ।

नेपालमा रहेका मञ्चका सातैवटा शाखासँग सहकार्य गरी कार्यक्रमहरु गर्ने, नयाँ युवा उद्यमीहरुको क्षमता विकासका काम गर्ने नवनिर्वाचित अध्यक्ष पालिखेले बताए । सरकारसँग सहकार्य गरी उद्यमशीलता सम्बन्धी तथा अन्य कार्यक्रम गरिने पालिखेको प्रतिबद्धता छ । ‘च्याप्टरलाई सातै प्रदेशमा विस्तार गरिनेछ,’ उनले भने ।

मञ्चको केन्द्रीय नेतृत्व गर्ने अवसर पोखराले दोस्रो पटक प्राप्त गरेको हो । लक्ष्मी ग्रुपका निरञ्जन श्रेष्ठले यस अगाडि मञ्चको नेतृत्व गरिसकेका छन ।

You might also like

Comments are closed.