नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा वैभव पौडेल

आर्थिक आवाज
पोखरा, १७ माघ । नेपाली युवा उद्यमी मञ्च पोखरा (एनवाइइएफ) को अध्यक्षमा युवा व्यवसायी वैभव पौडेल निर्वाचित भएका छन् । बुधबार सम्पन्न १४औं साधारणसभा तथा नवौं अधिवेशनले पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

मञ्चको प्रसिडेन्ट इलेक्टमा पुनित वैद्य, प्रेसिडेन्ट नोमिनीमा सुनिलबहादुर भट्टराई, प्रोग्राम चियरमा सुयास मल्ल, फाइनान्स चियरमा निरन केसी निर्वाचित भएका छन् । सदस्यहरुमा विनय थापा, विशेष थापा, सूर्य बराल, मीलन केसी, प्र्रतिस पालिखे, समेजराज भण्डारी छन् । कार्यक्रममा बोल्दै मञ्चका केन्द्रीय अध्यक्ष (एनजिसी) अजयकुमार श्रेष्ठले मञ्चले उद्यमशीलताको विकासमा योगदान पु¥याउनुपर्ने बताए ।

You might also like

Comments are closed.