नेपाल अटोमोबाइल डिलर्स एसोसिएनको टोली पोखरामा, विमानस्थलमा गरियो स्वागत

आर्थिक आवाज
पोखरा, १ भदौ । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)को टाली पोखरा आइपुगेको छ । टोलीलाई पश्चिमाञ्चल अटोमोबाइल्ल डिलर्स एसोसिएसन (वाडा)को टोलीले पोखरा विमानस्थलमा भव्य स्वागत गरेका छन् । शुक्रबार साँझ पोखरा आयोजित नाडा र वाडाको संयुक्त बैठकका लागि टोली पोखरा आएको हो ।

नाडाका उपाध्यक्ष कृष्ण दुलालको नेतृत्वमा ११ सदस्य प्रतिनिधि मण्डल पोखरा आएको हो । टोलीलाई वाडाका अध्यक्ष कालिदास पौडेलको नेतृत्वमा नाडाका केन्द्रीय उपाध्यक्ष तथा वाडाका पूर्व अध्यक्ष ध्रुवबहादुर थापा, केन्द्रीय सदस्य माधवप्रसाद पौडेल, वाडाका उपाध्यक्ष मोहनबाबु खड्का, महासचिव कृष्णप्रसाद श्रेष्ठ, कोषाध्यक्ष किसनमान बुद्धाचार्य, सदस्य तेजेन्द्र पौडेल, कार्यालय सचिव गोविन्द पौडेल लगायतको टोलीले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।

बैठकमा नेपालको अटोमोबाइल व्यवसायका बारेमा समिक्षा गर्दै गण्डकी प्रदेशको वर्तमान अवस्था र आगामी भविस्यका बारेमा पनि बृहद छलफल हुने बताइएको छ । अटोमोबाइल व्यवसायप्रति सरकारी नीति तथा समस्याहरुको बारेमा पनि बैठकमा छलफल हुनेछ ।

You might also like

Comments are closed.