नेपाल उद्योग संघद्वारा कर तिर्न उद्योग खुलेपछि ६ महिनाको समायवधी माग

 

पोखरा ।
नेपाल उद्योग संघले विज्ञप्ती जारी गरी कोरोना महामारीबाट जोगिन उद्योगीलाई आग्रह गरेको छ ।सरकारलाई संघले विज्ञप्ती मार्फत विभिन्न सुझाव समेत दिएको छ ।

लघु, घरेलु, साना तथा मझौला उद्योग लकडाउनको प्रत्यक्ष मारमा परेको विज्ञप्तीमा जनाईएको छ । लकडाउनका कारण उद्योग संचालन नभएकोले आर्थिक बर्षको कर तिर्नको लागि लकडाउन खुलेपछि उद्योग संचालन भएको ६ महिना पछिको समयमा तिर्ने व्यवस्था मिलाउन विज्ञप्ती मार्फत आग्रह गरिएको संघका उपाध्यक्ष चिन्तामणी वास्तोलाले जानकारी दिए ।

You might also like

Comments are closed.