पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले आफ्ना सदस्य उद्योग वाणिज्य महासंघहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । महासंघ गण्डकीले संघीयताको अनूभूति निजी क्षेत्रले पनि गर्नुपर्ने मान्यतामा टेकेर ती उद्योग वाणिज्य संघहरुलाई आफ्नै स्रोतबाट ५० हजार रुपैयाँका दरले सहयोग गरेको हो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री विकास लम्सालले विहीबार एक कार्यक्रमका बीच सो सहयोग रकम हस्तान्तरण गरे ।
सहयोग पाउनेमा गएको केही महिनायता मेला÷महोत्सवको आयोजना गरेका पोखरा उद्योग वाणिज्य महासंघसहित बागलुङ, तनहूँ पर्वत, नवलपुर र देवचुली रहेका छन् । देवचुली उद्योग वाणिज्य संघलाई भवन निर्माणको लागि सहयोग गरिएको उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले जानकारी दिए । उनले देश संघीय संरचनामा जानुअघि नै महासंघ संघीय संरचनामा गएको स्मरण गर्दै संघीयता कार्यान्वयनमा निजी क्षेत्र सधैँ सकारात्मक रहेको बताए । महासंघ गण्डकीका उपाध्यक्ष मोतिप्रसाद पौडेलले आवश्यकता अनुसार यस्तो सहयोगलाई निरन्तरता दिइने जानकारी दिए ।


Comments are closed.