नेपाल कपडा तथा सिलाई व्यवसायी संघ कास्कीमा परियार

पोखरा, १८ चैत ।

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्य समिति कास्कीको १४ औं साधारण सभा तथा ७ औं अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले दिनेश परियारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा नन्दकला नेपाली, महासचिव राजु पौडेल, कोषध्यक्ष रत्न श्रेष्ठ, सहसचिव मन परियार, सदस्यहरुमा जगत परियार, प्रकाश श्रेष्ठ, सुमन परियार, सुरज परियार, राजु परियार र सुजन परियार छन् ।

कार्यक्रमको उद्घाटन सिटिइभिटी पोखराका कोअर्डिनेटर राजिव ठाकुर र संस्थाका ज्येष्ठ सदस्य तिलक परियारले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा बोल्दै ठाकुरले संस्थाले संचालन गरेका तालिम प्रमाणीकरण गर्ने तथा आवश्यक सहयोग गर्न सधैं तत्पर रहेको बताए । कार्यक्रममा संस्थाका सचिव समिर परियारले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सन्तु परियारले आर्थिक प्रतिवेदन तथा सहसचिव रत्न श्रेष्ठले राहत अक्षयकोष प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अधिवेसनमा संस्थापक अध्यक्ष शम्भु खाती परियार, पूर्व अध्यक्ष जुनबहादुर परियार संस्थापक उपाध्यक्ष सोम गौतमसहित ३ सदस्यिय निर्वाचन मण्डल गठन गरिएको थियो भने पूर्व केन्द्रीय सदस्य तथा म्याग्दी जिल्लाका संस्थापक अध्यक्ष वविन वागदास, कास्कीका संस्थापक सल्लाहकार नरेन्द्र मित्रकोटी र सीता परियारले निर्वाचनमा सहजीकरण गरेका थिए ।

You might also like

Comments are closed.