नेपाल ट्रेड युनियन काङ्ग्रेस आबुखैरेनीमा आचार्य

प्रथम अधिबेशन तनहुँ, १९ माघ
नेपाल ट्रेड युनियन काङ्ग्रेस आबुखैरेनी गाँउपालिको अध्यक्षमा प्रकाश आचार्य निवार्चित भएका छन । आबुखैरेनीमा सम्पन्न संघको प्रथम अधिवेशनले आचार्यलाई सर्व सहमतिबाट अध्यक्षमा निवार्चित गरेको हो ।
त्यस्तै गरी उपाध्यक्ष रामचन्द्र जोशी, महिला उपाध्यक्ष अम्बिका के सी , सचिब नवराज मिश्र ,कोषध्यक्ष झलक थापा निवार्चित भएका छन ।

सदस्यहरूमा राम श्रेष्ठ, कुमार थापा ,निरज श्रेष्ठ ,बमबहादुर ,सरिता गौली , सिरोमाया गुरुङ निवार्चित भएका छन । नेपाल ट्रेड युनियन काङ्ग्रेसको बिधान अनुसार बाकी सहसचिव र १ सदस्य मनोनीत गरि १३ जनाको कार्यसमिति रहने छ । यस अघि नेपाल ट्रेड युनियन काङ्ग्रेसका संघीय प्रतिनिधि नरेन्द्र नाथ न्यौपानेको अध्यक्षतामा भएको सम्पन्न कार्यक्रमका उद्घाटन गर्दै गाउँपालिका प्रमुख गिरबहादुर थापाले टे«ड युनियन पार्टीको मेरुदण्ड भएको बताए । सवै श्रमिकहरुको हकहितको लागी तनहुँ टे«ड युनियन काङ्ग्रेस लाग्नुपर्नेमा थापाले जोड दिए ।
सं

योजक न्यौपानेले मजदूर भनेको राष्ट्र निर्माणको महत्वपूर्ण शक्ति भएको चर्चा गर्दै मजदूर विना मुलुकको विकास सम्भव नहुने बताए । । मजदूरले काम नगरी मालिक वा जनताहरु बसेर आफ्नो आधारभूत आवश्यकताहरु पुरा गर्न नसक्ने उनको धारणा थियो ।
कार्यक्रमा नेपाल ट्रेड युनियन काङ्ग्रेसका केन्द्रिय उपमहासचिव इश्वर परियार, नेपाली काङ्ग्रेस पार्टी आबुखैरेनी गाउँ पालिका सचिब बिष्णु पन्त,नेपाल ट्रेड युनियन काङ्ग्रेसका केन्द्रिय सदस्य रस्सामाया गुरुङ, प्रदेश उपाध्यक्ष लक्ष्मी मल्ल, जिल्ला अध्यक्ष सुर्यचन्द्र हडखले,प्रदेश सदस्य सत्तार मिया,जिल्ला उपाध्यक्ष कृष्ण के सि,सचिब हरिभक्त सुवेदी,शिक्षक संघ अध्यक्ष कृष्णचन्द्र अधिकारी, विद्यालयका प्र अ प्रेम लामिछाने लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.