नेपाल निर्माण व्यवसायी संघमा बराल प्यानलको उम्मेदवारी सार्वजनिक

आर्थिक आवाज
पोखरा, १७ भदौ । नेपाल निर्माण व्यवसायी संघ कास्कीको १४ औँ जिल्ला अधिवेशनमा वाम गठवन्धनको प्यानल घोषणा भएको छ । भदौ २२ र २३ गते हुने संघको अधिवेशनको लागि वाम गठवन्धन प्यानलवाट आनन्द वराल अध्यक्ष पदको उम्मेदवार वन्ने भएका छन् ।

वाम गठवन्धनवाट वरिष्ठ उपाध्यक्षमा रामराज अधिकारी, उपाध्यक्षमा हरीप्रसाद लम्साल, सचिव सुवर्ण श्रेष्ठ, कोषाध्यक्ष रविचन्द्र खनाल, सहसचिव विनोद भण्डारी र सहकोषाध्यक्ष कृष्णप्रसाद ढकाल(केडी) छन्। सदस्यहरुमा उत्तम सिग्देल, संजय कुँवर,लक्ष्मण पाण्डे,विरेन्द्र श्रेष्ठ, सन्दीप गिरी र संजोग पराजुली छन्।

prime

अध्यक्ष पदका प्रत्याशी आनन्द वरालले २७ वर्षदेखी निर्माण व्यवसायमा लागेको र यस क्षेत्रका समस्या र विकृतिहरु समाधान गरि पेशालाई गर्व गर्ने वनाउनको लागि आफ्नो उम्मेदवारी भएको वताए । घोषणा सभामा नेपाल निर्माण व्यवसायी संघ कास्कीका पूर्व अध्यक्ष तथा नेकपाका नेता ओमप्रसाद गौचनले व्यवसायिक हकअधिकार र पेशागत दक्षता अभिवृद्धिको लागि वाम गठवन्धनको प्यानलका उम्मेदवारहरुले जित्नुको विकल्प नभएकोमा जोड दिए ।

कार्यक्रममा तत्कालिन नेपाल निर्माण उद्योग परिषद्का वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी पोखरेल, पोखरा महानगर वडा नं १७ का अध्यक्ष तिर्थराज अधिकारी, नेपाल निर्माण व्यवसायी संघका निर्वतमान अध्यक्ष तथा संगठनका केन्द्रीय सदस्य ऋषिराम गौतम, नेपाल निर्माण व्यवसायी संगठन कास्कीका अध्यक्ष ठाकुरप्रसाद वराल, नेकपाका युवा नेता तथा निर्माण बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्ण लम्साल, नेकपा नेता विवेक गौतम, हरि भण्डारी लगायतले वाम गठवन्धनको उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे ।

You might also like

Comments are closed.