नेपाल प्रहरीले ल्यायो मोवाईल एप संचालनमा

पोखरा ।
नेपाल प्रहरीले  मोवाईल एप संचालनमा ल्याएको छ । नेपाल प्रहरीको कामकारवाहीलाई प्रविधीमैत्री बनाउने तथा संस्थागत विकास गर्ने उदेश्यले पाईलट प्रोजेक्टको रुपमा “नेपाल पुलिस मोवाईल एप”  संचालनमा ल्याईएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरिक्षक जीवनकुमार श्रेष्ठले मोवाईल एपको शूरुवात गरेका हुन् ।कोरोना महामारीका कारण भर्चुअल कन्फरेन्स मार्फ पत्रकार सममेलन गरी सो कुरा जानकारी दिईएको हो ।

समुदायमा घट्ने आपराधिक क्रियाकलाप तथा घटनका सुचनालाई छिटो छरितो सम्वोधन गरी थप क्षती कम गर्न, शान्ति सुरक्षा तथा अमनचयन कायन राख्य यसले सहयोग पुग्ने बताईएको छ । तालुक गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्राविधिक प्रहरी निरीक्षक गजेन्द्र आचार्यले एप वारे जानकारी दिएका थिए ।

You might also like

Comments are closed.