नेपाल प्रहरी श्रीमती संघद्वारा राहत वितरण

पोखरा २० पुस ।

४ न. प्रदेश नेपाल प्रहरी श्रीमती संघ पोखराले छोरेपाटान स्थित मानव सेवा आश्रममा राहत वितरण गरेको छ । सेवा नै मुल धर्म हो भन्ने पवित्र भावनालाई आत्मसात गर्दै संघले उक्त आश्रममा अत्वाश्यक रहेका जिन्सी सामाग्री सहित खाद्यान्न समेत वितरण गरेको हो ।

संघकी अध्यक्ष कान्ता बोहराले आश्रममा रहेका वृद्धवृद्धाहरुलाई लत्ता कपडा हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिन् ।
संघकी सचिव रविना अर्यालले नेपाल प्रहरी श्रीमती संघ कुनै पनि दातृ निकायबाट सञ्चालन नभएको बताइन् । आफुहरुले देउसी भैलो कार्यक्रम तथा मेला महोत्सवहरुमा संघले राखेको स्टलहरुबाट आएको मुनाफाबाट बिगत लामो समय देखीनै समाजिक कार्यमा तल्लिन रहेको र आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिईने अर्यालले बताइन् ।

सोही अवसरमा उक्त आश्रमका प्रतिनीधीहरुले ४ न. प्रदेश नेपाल प्रहरी श्रीमती संघप्रती आभार व्यक्त गर्दै भावि दिनमा समेत सहयोगको अपेक्षा रहेको बताएका थिए ।

कार्यक्रममा ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्की,वडा प्रहरी कार्यालय बैदाम कास्कीका प्रमुख प्रहरी नाव उपरीक्षक नविन कार्की लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

You might also like

Comments are closed.