नेपाल भारत ऊर्जा बैठकः नेपालका मुद्दामा भारत सकारात्मक

पोखरा, १० माघ । नेपाल भारतबीच बुधबार पोखरामा भएको सहसचिवस्तरीय ऊर्जा बैठकमा नेपालले प्रस्ताव गरेका अधिकांश मुद्दामा भारत सकारात्मक भएको छ । नेपालले इनर्जी बैंकिङ र सीमापार विद्युत व्यापारसम्बन्धी विषय प्रमुखताका साथ उठाएको थियो । दुवै सम्झौतामा बिहीबार सहमति हुने भएको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

उर्जा, सिंचाइ तथा जलस्रोत सचिव दिनेशकुमार घिमिरेले नेपाले उठाएका प्रमुख मुद्दामा भारत सहमत भएको र सचिवस्तरीय बैठकले बिहीबार टुंग्याउने बताए । उनका समकक्षी भारतीय विद्युत सचिव अजय भिल्लले पनि उक्त कुरालाई पुष्टि गरे ।

You might also like

Comments are closed.