नेपाल, भारत, बंगलादेश र भुटानका पर्यटन व्यवसायी सिलगुडीमा, भयो यस्तो सहमति

क्षत्रीय अवधारणका साथ अन्तर्राष्ट्रिय स्तरमा पर्यटनलाई जोड्न सहमत

सिलगुडी (भारत) २३ माघ । नेपाल भारतका बंगलादेश र भुटानका पर्यटन व्यवसायीबीच व्यापार आदान प्रदान गर्न उद्देश्यले भारतको सिलगुडीमा मंगलबारदेखि बंगाल ट्राभल मार्ट (विटिएम) शुरु भएको छ । मार्टको उद्घाटन समारोहमा नेपाल, भारत, बंगलादेश र भुटानबाट सहभागी पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधिले क्षेत्रीय अवधारणका साथ अन्तराष्ट्रिय तवरमा देशलाई समेटर पर्यटकीय विकास गर्नुपर्नेमा जोड दिए ।

पर्यटनका लागि अफगानिस्तानबाट पाकिस्तान हुँदै सुरु हुने विश्वको पूर्वी हिमाली श्रृङखला भारतको उत्तरपूर्वी राज्य भएर भुटान हुँदै नेपालमा आएर टुङ्गिने हुनाले संयुक्त रुपमा पर्यटको विकासका लागि साझा नीति बनाउन समेत सहमति गरेका छन् । इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एशोसिएसन, भारत र पोखरा पर्यटन परिषद्बीच बिगत ५ वर्षदेखि भएको सम्झौताले बंगाल ट्राभल मार्टमा पोखराको पर्यटनबारे चर्चा भएको छ ।

उद्घाटन कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले यस क्षेत्रको पर्यटकीय विकासमा साझेदारी गर्न नेपाल इच्छुक रहेको बताए । नेपाल पर्यटकको रोजाईमा पर्दै आएको बताउँदै उनले पोखराको पर्यटनले सवैको मन जित्न सकेको बताए । पोखरा एड्भान्चर पर्यटनका लागि पर्यटको रोजाई रहेको उनको भनाइ छ ।

नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले पर्यटकीय साझेदारीको लक्ष्यका साथ पोखरा पर्यटन परिषद्को पाँच वर्ष अघि इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएसनसँग सम्झौता भएको स्मरण गर्दै भौगोलिक अवस्थित, संस्कृति आदि समेतका आधारमा यस क्षेत्रसँगको सहकार्य महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

उत्तरपूर्वी भारतका पश्चिम बंगाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरम लगायतका राज्यबाट धेरै पर्यटक धार्मिक रुपले पनि नेपालको भ्रमणमा आउने गरेका छन् । नेपालमा आउने कुल विदेशी पर्यटक मध्ये सन् २०१८ मा १७.०९ प्रतिशत भारतीय पर्यटक हवाइ मार्ग हुँदै आएको तथ्यांकले देखाउँछ ।

सन् २०१८ मा भारतबाट दुई लाख ४३८ पर्यटक हवाइ मार्गबाट आएका थिए भने झण्डै १० लाख पर्यटक सडक मार्गबाट आएका छन् । नेपाल आउने विदेशी पर्यटक नेपाल पछि भुटान र सिक्किम जाने भएकोले नेपालको पर्यटकीय आकर्षणले उत्तरपूर्वी भारत सहित भुटानमा पनि प्रत्यक्ष प्रभाव पार्ने गरेको पाइन्छ ।

इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएसनका महासचिव सन्दीपन घोषले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पर्यटनका लागि नेपाल महत्वपूर्ण गन्तव्य भएको बताए । पोखरा सहित समग्र नेपालको पर्यटकीय साझेदारीलाई अभैm बलियो बनाउन आफूहरू प्रतिवद्ध भएको बताउँदै उनले बंगाल ट्राभल मार्टमा नेपालको सहभागिता यसैको महत्वपूर्ण कडी भएको स्पष्ट पारे । मार्टमा पोखरा पर्यटन परिषद्बाट वर्षेनी सहभागिता रहँदै आएको कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

‘मार्टमा सहभागितासँगै हामी यहाँका पर्यटन व्यवसायीसँग आज व्यापार आदानप्रदान (विटुवी)को कार्यक्रम समेत राखेका छौं,’ उनले भने, ‘पोखराका पर्यटकीय गतिविधिका साथै विविध सांस्कृतिक पक्ष आदि बारे जानकारी गराउँने गरी आज पोखरा साँझ पनि आयोजना गर्न लागिएको छ ।’

सिलगुडीको बंगाल ट्राभल मार्टसँगै आसामको राजधानी गुहाटीमा पनि भोलिदेखि दुई दिने प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागेको संयोजक सिग्द्ेलले जानकारी दिए ।

पोखराको पर्यटन प्रवद्र्धन टोलीमा सहभागी नेपाल पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका बरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई काँकरभित्ता हुँदै ठूलो संख्यामा भारतीय पर्यटक नेपाल जाने भए पनि काँकरभिट्टाबाट चन्द्रगढी विमानस्थल सम्म पुग्ने बाटो अहिलेसम्म कालोपत्रे नहुँनु दुभाग्य भएको बताए ।

‘सीमा नाकाबाट विमानस्थलसम्म पुग्ने बाटो पनि नबन्नुले पर्यटकमा नकारात्मक असर पार्दछ, उनले भने, ‘सीमा क्षेत्रको वातावरणले विदेशी पर्यटकलाई कति प्रभाव पार्ने भन्ने कुराले अत्यन्त महत्व राख्छ, यस तर्फ सरकारको ध्यान जानु जरुरी छ ।’ काँकरभिट्टाबाट चन्द्रगढी विमानस्थलमा जाने मार्गमा विगत आठ वर्षदेखि गाडी चलाउँदै आएका झापाका पूर्ण राजवंशी भारतीय पर्यटकहरूले अव्यवस्थित बाटो प्रति चित्त दुखाउने गरेको बताए । दैनिक ठूलै संख्यामा भारतीय पर्यटकहरू सीमा नाका हुँदै भद्रपुर विमानस्थलबाट नेपाल भ्रमणमा जाने गरेको उनले जानकारी दिए ।

You might also like

Comments are closed.