नेपाल भ्यालुयर्स एशोसिएसनका अध्यक्षमा प्रजू

पोखरा, ९ असोज ।

नेपाल भ्यालुयर्स एशोसिएसन पोखरा च्याप्टरको अध्यक्षमा राजेन्द्र प्रजू निर्वाचित भएका छन् । हालै सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा राजेन्द्र लिगल, सचिवमा सुरेन्द्र गोदार, कोषाध्यक्षमा रामचन्द्र पोखरेल छन् । सदस्यहरुमा आनन्दप्रसाद सापकोटा, हरिप्रसाद अधिकारी, रवीन्द्रलाल मुल, सरोज पालिखे, कौशल जि.सी., बुद्धिराज अधिकारी, नारायण तिमिल्सिना चयन भएका छन् ।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष चन्द्रप्रकाश काफ्लेले धितो मुल्याङ्कन अत्यन्तै चुनौतिपूर्ण भएकाले मुल्यांकनकर्ताले नीति नियम भित्र रहेर काम गर्नुपर्नेमा जोड दिए । नवनिर्वाचित अध्यक्ष प्रजूले बैंकसँग हुने सम्झैतापत्रमा दुवै पक्षको समान जवाफदेहिता रहने बताए । जनमानसमा धितो मुल्याङ्कन कार्यको औचित्य बोध गराउने कार्यक्रम संचालन गर्नुपर्ने सदस्यता संङ्ख्या वृद्धि गर्नुपर्ने उनले बताए । बैंक तथा मुल्याङ्कनकर्ताको विचमा आएका असमझदारीलाई न्युनीकरण गर्नुपर्ने उनको भनाइ छ ।

३ वर्ष अगाडि नेपाल भ्यालुयर्स एशोसिएसन केन्द्रको गठन भई पोखरा च्याप्टर, लुम्बिनी च्याप्टर, पुर्वाञ्चल च्याप्टर गठन भएका थिए । हाल यस अन्तर्गत करिव ३ सय जना सदस्य छन् । पोखरा च्याप्टरमा २५ सदस्य छन् । बाबुराम बरालको संयोजकत्वमा रहको निर्वाचन समितिले निर्वाचन कार्य सम्पन्न गरेको थियो ।

You might also like

Comments are closed.