नेपाल रेमिटर्स एसोसिएसनमा पोखरेल

काठमाडौं, २१ पुस । नेपाल रेमिटर्स एसोसिएसनको शुक्रबार सम्पन्न १३औं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । एसोसिएसनको साधारणसभाबाट अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । उनी आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।

उपाध्यक्षमा सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लिका चन्द्र टण्डन, महासचिवमा नेपाल रेमिट इ. प्रा.लि.का रितेश मित्तल, कोषाध्यक्षमा सुर्य रेमिट प्रा.लि.का संजय सिग्देल र सचिवमा आइपे रेमिट प्रा.लि.का इन्द्र शर्मा छन् । सदस्यहरुमा हिमालयन बैंक लिमिटेडका युमा श्रेष्ठ, युनाइटेड रेमिट प्रा.लि.का प्रविन अधिकारी र इजीलिकं प्रा.लि.का दीपेन्द्र खनाल छन् । निर्वतमान अध्यक्ष हुलास रेमिट्यान्स प्रा.लि.का दिवाकर थापा पदेन सदस्य हुनेछन् ।

You might also like

Comments are closed.