नेपाल लाइफद्धारा मृत्यु दावी भुक्तानी

पोखरा, ४ जेष्ठ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पोखरा शाखा द्धारा मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ ।

नेपाल लाइफ पोखरा शाखा प्रमुख अनन्त अधिकारी ले शुक्रबार मृतककी श्रीमती शान्ती पौडेललाइ एक कार्यक्रमका विच मृत्यु दावी वापतको रकम रु २५ लाख २६ हजार १ सय को चेक हस्तान्तरण गरेका हुन् । पिपलटारी ६ पर्वत घर भै हाल पोखरा बस्दै आएका प्रकाश पौडेल को सडक दुर्घटनावाट असमायिक निधन भएको थियो । विना कुनै झन्झट रकम भुक्तानी भएकोमा मृतककी श्रीमती पौडेलले खुशी व्यक्त गरिन् । विना कुनै झण्झट सम्पुर्ण कागजात प्राप्त भएको ७ कार्य दिन भित्र भुक्तानी गरीएको शाखा प्रमुख अधिकारीले जानकारी दिए ।

पोखरा शाखा प्रमुख अधिकारीले नेपाल लाइफ प्रिमियम लिन मात्र हैन वीमितलाइ सहज रुपमा सेवाको लागि तत्पर रहेको बताए । ७ दिनमा मृत्यु दावी भुक्तानी, अग्रीम भुक्तानी, कर्जा, समर्पण भुक्तानीको लागी आवश्यक कागजात उपलब्ध भएमा वढीमा १५ मिनेटको समयमा भुक्तानी गरिरहेको उनले जानकारी दिए । नेपाल लाइफ जीवन वीमा क्षेत्रमा अग्रणी कम्पनीको रुपमा मानीएको छ । कम्पनीले वीमीतहरुका लागि उच्चतम सर्वाधिक वोनस दर ६५ देखी ८२ सम्म वीमितका लागि घोसणा गरेको छ । हाल नेपाल लाइफको रु ५४ अर्व भन्दा वढि लगानी, रु ८ अर्व भन्दा वढी शेयर धनि कोष, रु ११ अर्व भन्दा वढी वीमा दावी भुक्तानी, र ९० हजार भन्दा वढी प्रशिक्षित अभिकर्ताहरु रहेको र ७० भन्दा धेरै जिल्लावाट सेवा दिइरहेको जनाइएको छ ।

footwear exchange
You might also like

Comments are closed.