आर्थिक आवाज संवाददाता
पोखरा, २२ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार पोखरामा रक्तदान कार्यक्रम भएको हो । शाखा र पेशागत वीमा अभिकर्ता संघ पोखराको संयुक्त आयोजनामा भएको रक्तदानमा ८२ युनिट रगत संकलन भएको छ ।
रक्तदान कार्यक्रमको उदघाटन गर्दै रक्त संचार केन्द्र क्षत्रीय कार्यालय पोखराका प्रमुख ध्रुव लामिछानेले रक्तदान कार्यक्रम गरेर संस्थाले सामाजिक दायित्व बहन गरेको बताए । अभिकर्ता संघ पोखराका सभापति तारादेवी बरालको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका पोखरा क्षेत्रीय कार्यालयका प्रमुख सोन बहादुर मगर, निप्स पोखरा च्याप्टरका अध्यक्ष केशवराज ढकाल, सामाजिक अभियान्ता हरिशचन्द्र शर्मा, डिजिटल साउण्ड एण्ड भिजन प्रवन्ध निर्देशक मनोहर प्रसाद क्षेष्ठ, निप्स पोखराका निवर्तमान अध्यक्ष सुनयना पालिखे, कम्पनीका पोखरा शाखा प्रमुख अनन्त अधिकारी, सिनियर एजेन्सी मेनेजर नेत्र प्रसाद ढकाल, अभिकर्ता संघ कास्कीका सचिव दामोदर सापकोटा लगायतले बोलेका थिए ।
त्यसैगरी कर्मचारी र अभिकर्ताहरुले केक काटेर आपसमा वार्षिकोत्सव मनाएका छन् ।