नेपाल वन पैदावार उद्योगमा श्रेष्ठ

आर्थिक आवाज/पोखरा नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको पोखरामा सम्पन्न प्रथम अधिवेसनले आगामी कार्यकालको लागि प्रेमलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्वत चयन भएको समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश शेरचन, उपाध्यक्षमा विश्वराज अधिकारी, सचिवमा उपेन्द्रराज सुवेदी (राजु), सहसचिवमा डम्वर वहादुर सापकोटा, कोषाध्यक्षमा सुरेश घिमिरे, सह कोषाध्यक्षमा सुमन गुरुङ छन् ।

सदस्यहरुमा बिक्रन्त कुमार श्रेष्ठ, धु्रव बहादुर पौडेल, सूर्यबहादुर तामाङ, ईश्वरबहादुर श्रेष्ठ, ध्रुवबहादुर पौडेल छन् । तीन सदस्य पछि मनोनित गरिने छ । समितिको वरिष्ठ सल्लाहकारमा खेम गुरुङ र सल्लाहकारमा मथुरा कुमार जोशी छन् । कार्यक्रमको उद्घाटन नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष श्यामसुन्दर ढकालले गरेका थिए ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...