नेपाल संवतको स्वागतार्थ पोखरामा बृहत भिन्तुना ¥याली, राष्ट्रिय विभूति साख्वाको शालिक अनावरण (फोटो फिचरसहित)

आर्थिक आवाज
पोखरा । नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११३९ को स्वागतार्थ पोखरामा विहीबार बृहत भिन्तुना ¥याली निकालिएको छ । नेवा खलः कास्कीको आह्वान तथा तेर्सापट्टी कचा खलः, तेर्सापट्टी मिसा पुचः र तेर्सापट्टी ल्याम्हः पुचःको संयुक्त आयोजनामा विहीबार पोखरामा न्हुँ दया भिन्तुना ¥याली निकालिएको हो । नेपाल सम्वतको स्वागतार्थ भिन्तुना ¥याली निकाल्ने चलनको शुरुवातकर्ता तथा आदिवासी जनजातिका अगुवा पद्मरत्न तुलाधरको निधनको शोकमा काठमाडौंमा भिन्तुना ¥याली ननिकालेपनि पोखरामा भने भव्य रुपमा ¥याली निकालिएको हो । भिन्तुना ¥याली निकाल्दा तुलाधर प्रति झनै सम्मान र श्रद्धा बढ्ने विश्वासका साथ ¥याली निकालिएको नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।

नेपालीको महान पर्व तिहार (दीपावली) अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हः पुजाको दिनदेखी नेपाल सम्वत (नयाँ बर्ष) प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक बर्ष पोखरामा भिन्तुना ¥याली निकालिन्छ । यसैको निरन्तरता स्वरुप यस वर्षपनि ¥याली निकालिएको हो । ¥यालीमा झाँकीसहित विभिन्न जाति जनजातिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


¥यालीमा सहभागीहरुले न्हुँ दया भिन्तुना लेखिएको ब्यानर, प्लेकार्ड तथा नेपाल सम्वतका प्रवर्तक संखधर साख्वाको फोटो राखेको प्लेकार्ड बोकेका थिए । कार्यक्रममा नेवार समुदायका पुरुषले दौरा सुरुवाल (कोथ्य लः) र महिलाले हाकुपटासी लगाएका थिए । पोखरामा नेवारी भेषभुषा लगाएर कार्यक्रममा सहभागि बिरलै मात्र देख्न सकिन्छ । जुन विहीबारको भिन्तुना ¥यालीमा देखियो ।

कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने नेवारी संस्कृति झल्कने लाखे तथा लाठी नाचसहित मुरली बजाउँदै सहभागी भएका थिए । आफ्नो मौलिक पहिचान झल्काउँदै संस्कृति संरक्षण गर्ने उद्धेश्यले नेपाल सम्वतको अवसरमा नेवारी संस्कृति प्रदर्शन गरिएको नेवाः खल कास्कीका उपाध्यक्ष तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले बताए ।

¥यालीमा नेवारबाहेक गुरुङ, मगर, थकाली, तामाङ, ह्योल्मो, क्षेत्री, ब्राह्मणलगायतका जातीय संघसंस्थाहरुको संस्थागत सहभागीता थियो । पोखराको पुरानो टुँडिखेलबाट शुरु भएको ¥याली बिन्ध्यबासिनी, मोहरियाटोल, भीमसेनटोल हुँदै नेवा छेँ भवनमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रममा परिणत भएको थियो ।

यसैबीच, नेवा छेँ भवन प्राङ्गणमा निर्माण गरिएको नेपाल सम्वतका प्रवर्तक तथा राष्ट्रिय विभूति संखधर साख्वाको शालिकको अनावरण गरिएको छ । शालिकको कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पर्दा हटाएर अनावरण गरे । सो अवसरमा प्रमुख जिसीसहित नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे, उपाध्यक्ष द्वय गणेशबहादुर श्रेष्ठ, तीर्थ श्रेष्ठलगायतले शालिकमा माल्यार्पण गरेका थिए ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नेपाली मौलिकता मासिएमा नेपाली जाति र संस्कृति पनि मासिने चेतावनी दिए । उनले सामाजिक सद्भावका लागि संस्कृति महत्वपूर्ण हुने बताउँदै यसैको माध्यमबाट समृद्धीसमेत हाँसिल गर्न सकिने बताए । उनले संस्कृतिलाई आधुनिकताको नाममा बढी रिमिक्स गर्न नहुने धारणा व्यक्त गरे । उनले नेवारी समुदायको व्यपारीक थलोहरुको संरक्षण गर्नसमेत सुझाव दिए । नेपाल सम्वतलाई व्यवहारिक रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिदै उनले त्यसका लागि नेवारी समुदायले नै शुरुवात गर्नुपर्ने बताए ।

तमु धिँ नेपालकी अध्यक्ष कर्मा तमुले नेपाल सम्वतलाई नेपाली क्यालेण्डरमै उल्लेख गर्नुपर्ने र यो सम्वतलाई सवैले स्विकार्नुपर्ने बताईन् । नेवा खल कास्कीका उपाध्यक्ष तीर्थ श्रेष्ठले नेपालको पुरानो सम्वत नेपाल सम्वतलाई व्यवहारिक प्रयोगमा ल्याउनु पर्नेमा जोड दिए ।

यसैबीच, न्हुँ दयाः भिन्तुना ¥यालीमा कुडहर नेवाः कचः खल प्रथम भएको छ । प्रतियोगितात्मक रुपमा भएको ¥यालीमा नेपाल राष्ट्रिय खड्की समाज दोश्रो र तेर्सापट्टी नेवाः पुचः तेश्रो भए । ¥यालीमा झाँकी सहित भेषभुषामा सजिएका ३२ वटा समुहले सहभागिता जनाएको ¥याली निर्णायक संयोजक सुविन्द्र श्रेष्ठले जानकारी दिए ।

नेपाल सम्वतको प्रचलन राष्ट्रिय विभुती शंखधर साख्वाले चलाएका हुन् । साख्वाले तत्कालिन नेपाल भनेर चिनिने काठमाडौ, ललितपुर र भक्तपुरका जनताको ऋण तिररे नेपाल सम्वत चलाएका हुन् । सरकारले नेपाल सम्वतका प्रवर्तक साख्वालाई विक्रम सम्बत २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपाल सम्वत् नेपालमै प्रादूर्भाव भएको मौलिक सम्वत हो ।

You might also like

Comments are closed.