नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनको अधिवेशन सम्पन्न

पोखरा, १७ बैशाख ।

सामुदायिक विद्यालय साविकको उच्च माध्यमिक तह कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरूको एकमात्र गैरराजनीतिक विशुद्ध साझा छाता संगठन नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनको कास्की जिल्ला अन्तर्गतका गाउँपालिकाहरूमध्ये अन्नपूर्ण गाउँपालिकाको प्रथम अधिवेशन माछापुच्छ«े माध्यामिक विद्यालय नागडाँडामा सम्पन्न भएको छ ।

अन्नपुर्ण गाउपालिका भित्र रहेका मावि तह कक्षा ११ र १२ मा अध्यापनरत सम्पुर्ण शिक्षकहरुको सो भेला तथा प्रथम अधिवेशनबाट नारायणप्रसाद भण्डारीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएके छ । समितिको सचिवमा दयाराम ओझा, कोषाध्यक्षमा शंकर लामिछाने, सदस्यहरूमा गोविन्दमणि पौडेल, रामप्रसाद भण्डारी, नवराज खनाल, ध्रुवराज भण्डारी, छविराज अधिकारी र शुभ गुरुङ रहेका छन् ।

त्यसै गरी माछापुच्छ«े गाउँपालिकाको प्रथम अधिवेशन महेन्द्र मा.वि. लाहाचोकमा सम्पन्न भएको छ । सो अधिवेशनबाट मुक्तिराम पौडेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । जसअन्तर्गत उपाध्यक्षमा मीरा आचार्य, सचिवमा लीलाधर अधिकारी, कोषाध्यक्षमा हिरादेवि लामिछाने, सदस्यहरूमा मीनराज अधिकारी, विष्णुप्रसाद पौडेल, बुद्धिराम गौतम, नरेशराज लामिछाने, गोविन्दप्रसाद आचार्य चयन भएका छन् ।

युनियनका केन्द्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख ताराप्रसाद पोखरेलको प्रमुख आतिथ्यता र युनियनका केन्द्रिय सचिव तथा कास्की जिल्ला अध्यक्ष शंकर तिवारीको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनको कार्यक्रम सञ्चालन युनियन कास्कीका जिल्ला सचिव देवराज शर्मा र सहसचिव नेपालप्रकाश अधिकारीले गरेका थिए ।

You might also like

Comments are closed.