नेपाल सुनचाँदी रत्न तथा आभूषणमा किसान सुनार

पोखरा, २४ पुस । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीको अध्यक्षमा किसान सुनार पुन सर्वसम्मत निर्वाचित भएका छन् । पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनबाट प्रथम उपाध्यक्ष रामबहादुर विक, द्वितीय उपाध्यक्ष रविबहादुर विक, सचिव भरत विक, सहसचिव मनबहादुर सुनार, कोषाध्यक्ष सुरेन्द्र विश्वकर्मा र सहकोषाध्यक्षमा डम्वरबहादुर विक निर्वाचित भए ।

सदस्यमा ईश्वर विक, नवराज सुनार, नारायण रसाइली र दीपेश सुनार निर्वाचित भएको अध्यक्ष किसान सुनारले जानकारी दिए ।

You might also like

Comments are closed.