नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेजको अध्यक्षमा पुनः कार्की

 

पोखरा ।
नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज ईकाइ कमिटीको हालै सम्पन्न दोस्रो अधिवेशनले पुनः दिपक कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको बरिष्ठ उपाध्यक्ष डा.शकंर पौडेल,उपाध्यक्ष शोकमणी सुबेदी, सचिव राजन पोखरेल,कोषाध्यक्ष अमृत पौडेल रहेका छन । समितिको सदस्यहरुमा हरिबहादुर बस्नेत, सूर्य बहादुर कार्की, सरस्वती कोइराला, बुद्धि बहादुर थापा ,जिवन खड्का, किसान परियार, दिपा अधिकारी र तिलकचन्द्र बराल रहेका छन ।

कार्यक्रम कोरोना महामारी का कारण सामाजिक दुरी अपनाउनु पर्ने भएको हुँदा सिमित ब्यक्ति हरूको मात्र सहभागिता भएको थियो र कार्यक्रम भौतिक दुरी कायम गरी गरिएको ईकाइका सचिव राजन पोख्रेलले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथी नेपाल ट्रेड यूनियन काङ्ग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा, नेपाल ट्रेड यूनियन कास्की का अध्यक्ष बिजयराज भण्डारी, उपाध्यक्ष कमल सापकोटा सचिव रूद्र तिमील्सिना ,कोषाध्यक्ष शंकर के सी नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला अध्यक्ष उदय कान्त तिवारी,स्वास्थ्यकर्मी संघ प्रदेश अध्यक्ष नारायण बराल, मणिपाल शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष नवराज भण्डारीका साथमा स्वास्थ्यकर्रमी चिकीत्सक एवं कर्मचारीको सहभागीता थियो ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष दिपक कार्कीले नेपाल स्वास्थ्यकर्मी संघ जहिले पनि कर्मचारीहरूको हक हितको लागि परेका कारण कर्मचारीको साथमा रहेको बताए ।कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज ईकाइ कमिटीका अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य शोकमणी सुबेदी र कार्यक्रम सन्चालन सचिव राजन पोखरेल गरेका थिए ।

You might also like

Comments are closed.