नेपाल हृदय रोग निवारण प्रतिष्ठान कास्की शाखामा ढकाल

आर्थिक आवाज
पोखरा, २७ फागुन ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठान कास्की शाखाको साधारणसभाले केदार ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको सदस्यमा हरिप्रसाद बराल, सुनयना पालिखे, तीर्थराज न्यौपाने, दीपेन्द्र मर्सानी, कुल बहादरु नेपाली, सुमन कुमार श्रेष्ठ, उमा ठकुरी, नवीनराज बराल, सागर पौडेल, सूर्यप्रसाद ढकाल, सीतादेवी ढकाल छन् ।

संस्थाका सभापति माधववावु तिवारीको अध्यक्षता तथा संस्थाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजक सूर्यप्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । साधारणसभामा तिवारीले संस्थाका गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रममा वोल्दै ढकालले मुटु रोग सम्वन्धी विभिन्न जानकारी दिए । कार्यक्रममा हरिप्रसाद बराल, निर्वाचन अधिकृत देविलाल शर्मा लगायतले बोलेका थिए ।

संस्थाका सचिव कुल बहादुर नेपालीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन साधारणसभाले पारित गरेको छ । कार्यक्रममा नवनिर्वाचित सभापति केदार ढकालले प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत सुनयना पालिखे र संचालन सचिव कुल वहादुर नेपालीले गरेका थिए ।

You might also like

Comments are closed.