नेप्कम्सको अष्ट्रेलियन एजुकेसन सेमिनार

पोखरा, ४ माघ
अष्ट्रेलिया अध्ययनका लागि परामर्श दिदै आइरहेको नेप्कम्स सर्भिसेज पोखराको आयोजनामा माघ ५ गते शुक्रवार (जनवरी १९) अष्ट्रेलियन एजुकेसन सम्बन्धी फ्रि सेमिनार हुँदैछ । सिद्धार्थचोक स्थित आफ्नै सभाहलमा हुने उक्त सेमिनारमा अष्ट्रेलियाको विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधि सहभागी हुने हुँदा विद्यार्थीले प्रत्यक्ष रुपमा आफ्नो जिज्ञासा उनीहरु मार्फत मेट्न सक्छन् । अष्ट्रेलियन शिक्षाका बारेमा आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सक्छन् ।

विद्यार्थीको एकेडेमिक र आइएलटिस सर्टिफिकेटको आधारमा भने उनीहरुलाई हामीले अन द स्पट नै एसेस्मेण्ट गर्दर्छाै । शैक्षिकस्तर राम्रो भएका विद्यार्थीको लागि कलेजले स्कलरसिप पनि दिनेछ । ति कलेज तथा विश्वविद्यालयमा लाग्ने एप्लिकेसन चार्ज डिस्काउण्ट गर्ने र सेमिनारमा सहभागी भएका विद्यार्थीले आइएलटिएस गर्न चाहेमा हामीले यसमा डिस्काउण्ट अफरको पनि व्यवस्था गरेका छौं । प्लस टु तथा व्याचलर पास गरेका शैक्षिक तथा आर्थिकस्तर राम्रो भएका विद्यार्थी नै हाम्रो टार्गेट ग्रुपमा पर्छन । विशेष गरी अष्टे«लिया जान चाहने विद्यार्थी यसमा सहभागी भई कलेज, विश्वविद्यालयकको भर्ना प्रक्रिया, पढ्न लाग्ने शुल्क, स्कलरसिप, भिसा प्रोसेसिङ्ग र अष्टे«लिया पुगेपछिको बस्ने व्यवस्था, पार्ट टाइम जव आदी सम्बन्धी जानकारी लिन सक्नेछन् ।

युनिस्टार एजुकेशन नेप्कम्स् सर्भिसेजको पोखराका लागि आधिकारीक कार्यालय हो । युनिस्टारले आइएलटिएस तयारी कक्षाका साथै अष्टे«लिया लगायत अमेरिका, न्यूजिल्याण्ड, यूके जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने गर्दछ । हामीले सर्टिफाइड काउन्सिलरबाट काउन्सिलिङ गर्दै आइरहेका छौं । अष्ट्रेलियाका विभिन्न कलेज तथा युनिभर्सिटिको अथोराइज्ड रिप्रिजेन्टेटिभ पनि हौं । पोखरा, काठमाडौं तथा अष्ट्रेलियामा हाम्रो कार्यालयहरु रहेको छ । विद्यार्थीहरुलाई नेपालमा मात्र नभई अष्ट्रेलियामा गएपछि आउने विभिन्न समस्या समाधानको लागि पनि हामी सहयोग गर्छौ । नेप्कम्स् क्युइएसी सर्टिफाइड र अष्ट्रेलियन माइगे्रसन एजेण्टहरुद्धारा सञ्चालित एजुकेशन तथा माइग्रेसन सम्बन्धी परामर्श दिने संस्था हो ।

You might also like

Comments are closed.