आर्थिक आवाज । अष्ट्रेलिया अध्ययनका लागि परामर्श दिंदै आइरहेको नेप्कम्स सर्भिसेज पोखराको आयोजनामा सोमबारदेखि चैत्र ४ गते आइतबारसम्म अष्ट्रेलिया एजुकेसन सम्बन्धी सेमिनार हुँदैछ । सिद्धार्थचोक स्थित आफ्नै सभाहलमा हुने उक्त सेमिनारमा अष्ट्रेलियाको विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरु सहभागी हुनेछन् । ‘प्रतिनिधिलाई विद्यार्थीले प्रत्यक्ष रुपमा भेटी आफ्नो जिज्ञासा उनीहरु मार्फत मेट्न सक्छन्।,’ सञ्चालक सन्तोष शाहीले भने, ‘अष्ट्रेलियन शिक्षाका बारेमा आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सक्छन् ।’
सहभागी विद्यार्थीको एकेडेमिक र आइएलटिस सर्टिफिकेटको आधारमा अन द स्पट नै एसेस्मेण्ट गरिने उनले बताए । शैक्षिकस्तर राम्रो भएका विद्यार्थीको लागि कलेजले स्कलरसिप पनि दिनेछ । ति कलेज तथा विश्वविद्यालयमा लाग्ने एप्लिकेसन चार्ज डिस्काउण्ट गर्ने र सेमिनारमा सहभागी भएका विद्यार्थीले आइएलटिएस गर्न चाहेमा डिस्काउण्ट अफरको पनि व्यवस्था गरिएको शाहीले जानकारी दिए । प्लस टु, व्याचलर तथा मास्टर पास गरेका शैक्षिक तथा आर्थिकस्तर राम्रो भएका विद्यार्थीहरु एड्मिसन वीकमा भाग लिन सक्नेछन् । विशेष गरी अष्टे«लिया जान चाहने विद्यार्थी यसमा सहभागी भई कलेज, विश्वविद्यालयकको भर्ना प्रक्रिया, पढ्न लाग्ने शुल्क, स्कलरसिप, भिसा प्रोसेसिङ र अष्टे«लिया पुगेपछिको बस्ने व्यवस्था, पार्ट टाइम जव आदी सम्बन्धी जानकारी लिन सक्ने उनले बताए ।
युनिस्टार एजुकेशन नेप्कम्स् सर्भिसेजको पोखराको लागि आधिकारीक कार्यालय हो । युनिस्टारले आइएलटिएस तयारी कक्षाका साथै अष्टे«लिया लगायत अमेरिका, न्यूजिल्याण्ड, यूके जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने गर्दछ । ‘हामीले सर्टिफाइड काउन्सिलरबाट काउन्सिलिङ गर्दै आइरहेका छौं,’ उनले भने, ‘अष्ट्रेलियाका विभिन्न कलेज तथा युनिभर्सिटिको अथोराइज्ड रिप्रिजेन्टेटिभ पनि हौं ।’
अष्ट्रेलियामा मुख्य कार्यलय रहेको नेप्कम्स् सर्भिसेजको पोखरा, वुटवल, काठमाडौंमा शाखा कार्यालय छन्् । ‘विद्यार्थीलाई नेपालमा मात्र नभई अष्ट्रेलियामा गएपछि आउने विभिन्न समस्या समाधानको लागि पनि हामी सहयोग गर्छौं,’ उनले भने, ‘अध्ययन पश्चात् पिआरको लागि पनि नेप्कम्स् सर्भिसेज अष्टे«लियाले सहयोग गर्नेछ ।’ नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त नेप्कम्स् क्युइएसी सर्टिफाइड र अष्ट्रेलियन माइगे्रसन एजेण्टहरुद्वारा सञ्चालित एजुकेशन तथा माइग्रेसन सम्बन्धी परामर्श दिने संस्था हो ।