नेफ्स्कुनको ३१औं स्थापना दिवस पोखरामा मनाइयो

पोखरा, ३१ साउन ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) ले ३१औं स्थापना दिवस मनाएको छ । बिहीबार एक कार्यक्रमका बीच पोखरामा पनि नेफ्स्कुन स्थापना दिवस मनाइएको हो । पोखरा फिल्ड कार्यालयको आयोजनामा कार्यक्रम गरिएको नेफ्स्कुका केन्द्रीय सञ्चालक तथा गण्डकी प्रदेश संयोजक भीम गुरुङले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सहकारीले नेपालको आर्थिक क्षेत्रलाई चलायमान बनाउन योगदान पु¥याएको बताए । आर्थिक समृद्धिका लागि सहकारीको योगदान महत्वपूर्ण रहेको उनको भनाइ छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, कास्की बचत संघका भेषराज बराल, सहकारी म्यानेजर्स क्लबका अध्यक्ष मीलन ढकाल, बचत संघ स्याङ्जाका रवीन्द्र श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रममा कास्की जिल्लामा उत्कृष्ट बन्न सफल हाम्रो गौरव, फेवा बहुउद्देश्यीय, जनसेवा, गोल्डेन, गौरीशंकर लगायतका सहकारीलाई सम्मान गरिएको छ ।
नेफ्स्कुनका प्रदेश संयोजक भीम गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन नेफ्स्कुन पोखरा फिल्ड कार्यालय उपसमितिका सदस्य नारायण प्रसाद आचार्यले गरेका थिए । स्वागत मन्तव्य पोखरा फिल्ड कार्यक्रम सहायक दिप्ती आचार्यले गरेकी थिइन् ।

You might also like

Comments are closed.