‘नेफ्स्कुन पोखरा फिल्ड कार्यालयबाट यहाँका सहकारीहरु लाभान्वित छन्’

जगन्नाथ लामिछाने
फिल्ड कार्यालय इन्चार्ज
नेफ्स्कुन, पोखरा शाखा

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को स्थापना २०४५ सालमा भएको हो । हाल यस संघमा ४१४६ वटा संघ संस्था आवद्ध छन् भने यस पोखरा फिल्ड कार्यालय मा १८७ वटा संघ संस्था आवद्ध छन् । पोखरा फिल्ड कार्यालयको स्थापना २०७२ पुसमा भएको हो । नेफस्कूनको फिल्ड कार्यालय पोखरा लेखनाथ महानगरपालिका–८, सृचनाचोकमा छ । नेफ्स्कूनको यस पोखरा फिल्ड कार्यालयमा आवद्ध भएका जिल्ला सहकारी संघ र साकोसहरुलाई प्रवद्र्धन तथा विकास गर्ने कार्य यहाँबाट भइरहेको छ । नीति, विधि र प्रविधिमा आधारित साकोस निर्माण गर्नु हाम्रो मुख्य उद्देश्य हो ।

साकोसलाई उचित प्रवद्र्धनात्मक ढंगबाट एक सवाल र सक्षम सहकारी बनाउने हाम्रो मुख्य उद्देश्य हो । ‘दीगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ नाराका साथ हामी अगाडि बढिरहेका छौं । नेफ्स्कूनले साकोसहरु प्रोवेसन प्रोग्राम मार्फत पूर्ण तथा व्यावसायिक एवं गतिशील साकोस निर्माण गर्ने अभियान चलाइएको छ ।

हाल नेपालमा प्रोवेशन कार्यक्रम मार्फत धेरै साकोस अगाडि बढिरहेका छन् । धेरै सहकारीहरुले अन्तर्राष्ट्रिय ब्राण्ड पाउन सफल पनि भएका छन् । नेफ्स्कून पोखरा फिल्ड कार्यालयबाट ८ वटा साकोसहरु यस कार्यक्रममा अभ्यासरत छन् । पल्र्स र हिमालले प्रतिपादन गरेका अंकगणीतीय र सैद्धान्तिक सुचकहरुलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकेमा सहकारीको स्तरोन्नती गर्न सकिन्छ भन्ने हाम्रो मुख्य जोड हो । जबसंम्म साकोसहरुले पल्र्सका अंकगणीतीय सुचकहरुलाई व्यवहारिक रुपमा आत्मसाथ गरी लागु गर्न सक्दैनन् तबसम्म साकोसको विकास असम्भव छ । त्यस कारण साकोसमा पल्र्स आवश्यक छ । अन्तर्राष्ट्रिय सहकारी संघले अगाडि सारेको एक्सेस ब्राण्डमा नेपालका साकोस र साकोसका संचालक प्रवद्र्धित हुनु आवश्यक छ ।

साकोसहरुको दीगो विकासको लागि साकोसका सदस्यलाई आवश्यक तालिम र प्रवद्र्धन गरी सदस्यलाई उत्पादनमुखी र व्यवसायीकमुखी बनाई सदस्यको आर्थिक श्रोत साधनबाट साकोसलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउनु पर्छ भन्ने हाम्रो उद्देश्य छ । पोखरा फिल्ड कार्यालयमा १ सय ८७ वटा संघ संस्था आवद्ध भइसकेका छन् । हाम्रो कार्यक्षेत्रमा रहेका शत प्रतिशत साकोसलाई हाम्रो यस सस्ंथामा आवद्ध गराउने हाम्रो मुख्य लक्ष्य हो । हामी साकोसहरुसंग हातेमालो गरी सहकारी अभियानमा लैजान तयार छौं । हामी साकोसहरुमार्फत वित्तीय कारोबार गरी साकोसमार्फत सदस्यहरुलाई उत्पादन र व्यावसायिक बनाउन चाहन्छौं । हाल यस नेफ्स्कून पोखरा फिल्ड कार्यालय मार्फत साकोसको तरलता व्यवस्थापन र साकोसका सदस्यको आयआर्जनमा वृद्धी गर्ने गरी अन्तरलगानी कार्यक्रम पनि संचालन गरिरहेका छौं ।

पोखरा फिल्ड कार्यालयबाट ३० करोड रुपैयाँ बराबरको आर्थिक तथा वित्तीय व्यावसायिक कारोबार साकोसहरु मार्पmत गर्दै आएका छौं । हाल हाम्रो यस नेफ्स्कून पोखरा फिल्ड कार्यालय मार्फत कास्की, स्याङ्जा, तनहुँ, मुस्ताङ, म्याग्दी, वाग्लुङ र पर्वत जिल्लामा अवस्थित साकोस र जिल्लास्थित बचत संघसंस्थालाई यस फिल्ड कार्यालय पोखरा मार्पmत दैनिक कार्य संचालन आयका समस्याहरुलाई औल्याउँदै संस्था अनुकुल साकोसहरु संचालकहरुलाई व्यक्तिगत एवं संस्थागत तालिम दिदैं आएका छौं । साकोसमा दैनिक कार्य संचालनमा आवश्यक पर्ने नयाँ सहकारी ऐन २०७४ संग सम्बन्धित अन्तरक्रिया कार्यक्रम, नीति निर्माण सम्वन्धी तालिम, सम्पत्ति शुद्धीकरण तालिम, ऋण व्यवस्थापन तालिम, पल्र्स तालिम, व्यवस्थापकको क्षमता अभिवृद्धि सहकारी एकीकरण अभिमुखीकरण तालिम, जोखिममा आधारित सुपरीवेक्षण तथा साकोस एकरुपता प्रणाली अभिमुखीकरण कार्यक्रम, प्रदेश स्तरीय लघुवित्त उद्यमशिलता अभिमुखीकरण कार्यक्रम तालिम संचालन लगायतका कार्यक्रम गर्दै आएका छौं । हाम्रो उद्देश्य सहकारीमा हुने विविध नीतिगत, विधिगत र प्राविधिक समस्यालाई उचित छलफल र तालिम मार्फत समधान गर्ने र सदस्यमैत्री वलियो सहकारी बनाउने हो ।

You might also like

Comments are closed.