नेबिको प्रा.लि ५६ वर्षमा प्रबेश, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु पर्नेमा जोड

पोखरा : नेबिको प्रा.लि ५६ बर्षमा प्रबेश गरेको छ। ५६ बर्ष प्रबेसको अबसरमा पोखरामा आयोजित भेटघाट कार्यक्रममा नेबिको प्रा.लिले आफ्नो नयाँ उत्पादन बजारमा ल्याएको जानकारी गराईएको छ । कम्पनिले ऐले सम्म ५५ थरीका उत्पादकहरु उत्पादन गर्दै आएको छ। र पछिल्लो समय कम्पनिले जीरा कुकिज र बटर कुकिज लिएर बजारमा आएको छ। कम्पनिले काठामाडौंको बालाजु र भैरहवाबाट आफ्ना उत्पादन गर्दै आएको छ।

भेट्घाटको अबसरमा उपभोक्ता मन्च गण्डकी प्रदेशका अध्यक्ष कपिल नाथ कोइरालाले नेबिको प्रा.लिको उत्पादनको गर्भिलो इतिहास् भएको बताउनु हुदै यो इतिहासलाई जोगाईराख्न को लागी कम्पनि नाफा मुखि मात्र नभैइ उत्पादनहरुमा गुणस्तरको बिकास गर्न आग्रह गनु भयो। अध्यक्ष कोईरालाले आफु बजार अनुगमन गर्ने बेलामा नेबिको प्रा.लिका उत्पादनमा कुनै त्रुटि नभएको र त्यस्ता त्रुटी कहिले पनि नभेटिउन भन्ने शुभकामना ब्यक्त गर्नु भयो।

पछिल्लो समय बिदेशि उत्पादनहरुले नेपालमा बजार जमाएको भन्दै स्वदेशि उत्पादनको गुणस्तरलाई बृद्धि गरेर र सबै खाले उपभोक्ताहरुलाई सहज हुने मुल्य संयोजन गर्नु पर्ने अध्यक्ष कोइरालाको जोड छ। स्वदेशि उपादनलाई प्रोत्साहन गरे मात्र देशको अर्थतन्त्र मजबुद हुने भन्दै सबैलाई स्वदेशि उत्पादनलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गर्नु भयो।

सोहि अबसरमा नेबिको प्रालिका ब्राण्ड म्यानेजर अरुण पौडेलले कम्पनिले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै मुल्य अनुसार को गुणस्तर दिदै आएको बताउनु भयो। ५५ बर्षको इतिहास रचेको स्वदेशि उत्पादन दिने कम्पनिले समाजिक उत्तर दायित्व कसरी निभाएको छ भन्ने पत्रकारको प्रश्नमा पौडेलले सामाजिक क्षेत्रमा ठुलो बजेत छुट्ट्याउन नसकेपनि बजार ब्यबस्थापनको बजेट बाट बिभिन्न क्षेत्रमा काम गरेको तर मिडिया न आएको कारण बाहिर थाहा नभएको बताउनु भयो।

त्यस्तै नेस्नल मार्केटिङ् म्यानेजर प्रकास कार्कीले स्वदेशि उत्पादनलाई बिदेशमा रहने नेपालीहरुले रुचाएको कारण भारतको दार्जेलिङ क्षेत्र सङ्गै युके, अष्ट्रेलिया, हङकङ् लगायतका देशहरुमा नेबिको प्रालिको उत्पादन पुग्ने गरेको बताउनु भयो। त्यस्तै उहाँले दक्षिण एसिया भरिनै कम्पनिको उत्पादन पुर्याउनेमा कम्पनि लागी रहेको र छिट्टै पुर्याउने पनि जानकारी गराउनु भयो।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...