पोखरा । नेलम्बो नेपालले कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सावधानी अपनाउन पीपीई सेट, थर्मल गन, सेनिटाइजर, मास्क, ग्लब्स, हात धुने साबुन सहयोग गरेको हो ।
गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडी, वडा नं ६ का वडाध्यक्ष हरिश्चन्द्र ढुगांना, नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा, कार्यक्रम संयोजक डा. किसन कोइराला र जनसम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारीको उपस्थितिमा भेंडाबारीस्थित भेंडाबारी प्राथमिक स्थास्थ्य केन्द्र प्रमुख सृष्टि ओझालाई सामग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष एकदेव देवकोटाले आ.व. २०७७÷०७८ का लागि संस्थाको कार्यक्रम तथा विनियोजित बजेट विवरण गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङलाई हस्तान्तरण गरेका थिए । गाउँपालिका अध्यक्ष गुरुङले संस्थाले गरेको कामको प्रशंसा गर्दै आगामि दिनमा सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
नेलम्बोले विगत ३ वर्षदेखि नियमित रुपमा स्वास्थ्य, शिक्षा र वातावरण सम्वन्धी विभिन्न कामहरु गर्दै आएको छ ।
Comments are closed.